तनाव भगाउन युवकले हजार घरमा चोरी गरेपछि...
नयाँ दिल्ली । साह्रै तनाव भइरहेको छ भने तपाईँ के गर्नु हुन्छ ? कोही घुम्न निस्कनु होला । कसैले घर परिवारको साथमा समय बिताउनु होला ।
साथीभाइसँग हाँसी मजाक वा मस्तीमा तनाव भुल्ने कोसिस गर्नु होला । तर तनाव कम गर्नकै लागि अपराध गर्नु हुन्छ र ? कसैको घरमा पसेर चोरी चकारी गर्नु हुन्छ ? यो काम त पटक्कै गर्नुहुन्न होला । तर जापानमा एक जना व्यक्तिले ठ्याक्कै यस्तै गरेका छन् । आफ्नो तनाव कम गर्न ती पुरुषले हजार भन्दा धेरै घरमा चोरी गरेका छन् ।
जापानी प्रहरीले बुधबार ती व्यक्तिलाई पक्राउ गरेका थिए । प्रहरीसामु ती व्यक्तिले तनाव कम गर्नकै लागि आफूले १ हजारभन्दा बढी घरमा चोरी गरेको स्वीकार गरेका छन् । ३७ वर्षीय यी पुरुषलाई दक्षिणी जापानको दाजाइफुमा रहेको एउटा घरमा तोडफोड गरेको आशंकामा प्रहरीले समातेको थियो ।
जापानी अखबार माइनिची शिम्बुनका अनुसार आरोपी व्यक्तिले प्रहरीलाई भनेका छन्, ‘अरूको घरमा छिर्नु मेरो शौक हो र यो काम मैले १००० भन्दा बढी पटक गरेको छु ।’ अरुको घरमा छिर्दा कसैले आफूलाई समात्ला कि नसमात्ला भन्ने सोचेरै आफ्नो हातमा पसिना आउन थाल्ने, आफू रोमाञ्चित हुने र यसरी आफ्नो तनाव पनि कम हुने पनि ती व्यक्तिले प्रहरीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण