सन्तोषको शानदार बलिङ, नेपालसामु २ सय ३४ रनको लक्ष्य
काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपालले जितका लागि २ सय ३४ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाको युवा टोलीले ५० ओभरमा सबै विकेटको क्षतिमा २ सय ३३ रन बनाएको हो ।
टोलीका लागि दुई खेलाडीले अर्धशतकीय इनिङ्स खेले । विकेटकिपर शारुजान शनमुगानाथनले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे । त्यस्तै, लकविन अबेसिंघेले ५३ बलमा ५० रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
कभिजा गामागेले ३७ रन बनाए भने दुलनिथ सिगेरा र विमाथ दिनसाराले २४–२४ रन जोडे । नेपालका लागि सन्तोष यादवले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले १० ओभरमा मात्र ४५ रन खर्चिए ।
त्यस्तै, युवराज खत्रीले १० ओभरमा एक मेडन राख्दै ४४ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी र नरेन साउदले १-१ विकेट हात पारे ।

यू–१९ एसिया कप डिसेम्बर ८ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र आयोजक यूएई रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल डिसेम्बर १ तारिखमा (आइतबार) बंगलादेशसँग खेल्नेछ । समूहगत चरणको अन्तिम खेल नेपालले डिसेम्बर ३ तारिखमा (मंगलबार) अफगानिस्तानसँग खेल्नेछ ।
दुबै समूहबाट तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । यू–१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोलीको कप्तानमा हेमन्त धामी रहेका छन् ।
यसैगरी, टोलीका अन्य खेलाडीमा अर्जुन कुमाल (उप–कप्तान), आकाश त्रिपाठी, उत्तम रंगु थापामगर र मयान यादव रहेका छन् ।
नरेन साउद, युनिशबिक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, यवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रंजित कुमार पनि नेपाली टोलीमा छन् ।
नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् । हालै नेपालले घरेलु मैदानमा भारतको कर्नाटन टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । पाँच एकदिवसीय खेलको शृङ्खलामा नेपाल ३–२ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण