जासुसी गरेको आरोपमा चीनमा पत्रकारलाई जेल सजाय
शुक्रबार, १४ मङ्सिर २०८१, २० : २३
बेइजिङ । चीनले जासुसी गरेको आरोपमा एक पत्रकारलाई सात वर्षको जेल सजाय सुनाएको छ । यी पत्रकारले चीनको सरकारी मिडियामा काम गरेका थिए । पत्रकारका परिवारले बीबीसीलाई यो कुरा पुष्टि गरेका छन् ।
६२ वर्षीय डोङ युयुलाई सन् २०२२ मा मात्रै हिरासतमा राखिएको थियो । उनी प्रायः अमेरिका र जापानका पत्रकारहरूसँग कुराकानी गर्थे र कहिलेकाहीँ विदेशी कूटनीतिज्ञहरूसँग पनि भेट्थे। उनी ‘गुआङ्मिङ डेली’ मा वरिष्ठ पत्रकारका रुपमा कार्यरत थिए ।
यो अखबार चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्धित पाँच प्रमुख पत्रिकाहरूमा समावेश छ। फेब्रुअरी २०२२ मा शीतकालीन ओलम्पिक सकिएको भोलिपल्ट उनलाई पक्राउ गरिएको रेस्टुरेन्टमा उनी प्रायः आफ्ना विदेशी साथीहरूलाई भेट्ने गर्थे।
बेइजिङमा जापानी कूटनीतिज्ञसँग खाना खाइरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण