जासुसी गरेको आरोपमा चीनमा पत्रकारलाई जेल सजाय
शुक्रबार, १४ मङ्सिर २०८१, २० : २३

बेइजिङ । चीनले जासुसी गरेको आरोपमा एक पत्रकारलाई सात वर्षको जेल सजाय सुनाएको छ । यी पत्रकारले चीनको सरकारी मिडियामा काम गरेका थिए । पत्रकारका परिवारले बीबीसीलाई यो कुरा पुष्टि गरेका छन् ।
६२ वर्षीय डोङ युयुलाई सन् २०२२ मा मात्रै हिरासतमा राखिएको थियो । उनी प्रायः अमेरिका र जापानका पत्रकारहरूसँग कुराकानी गर्थे र कहिलेकाहीँ विदेशी कूटनीतिज्ञहरूसँग पनि भेट्थे। उनी ‘गुआङ्मिङ डेली’ मा वरिष्ठ पत्रकारका रुपमा कार्यरत थिए ।
यो अखबार चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्धित पाँच प्रमुख पत्रिकाहरूमा समावेश छ। फेब्रुअरी २०२२ मा शीतकालीन ओलम्पिक सकिएको भोलिपल्ट उनलाई पक्राउ गरिएको रेस्टुरेन्टमा उनी प्रायः आफ्ना विदेशी साथीहरूलाई भेट्ने गर्थे।
बेइजिङमा जापानी कूटनीतिज्ञसँग खाना खाइरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर भेटियो
-
मौलाउँदै नकारात्मकता झाँगिदै निराशा
-
शक्ति बस्नेत बोल्दै गर्दा सूर्य थापाको नियमापत्ति
-
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ– सांसद गिरी
-
८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्ट छैनन् : अध्ययन
-
राक्सिराङबाट २ थान पेस्तोल र गोलीसहित एक जना पक्राउ