एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
शुक्रबार, १४ मङ्सिर २०८१, २२ : १९
काठमाडौँ । शनिवारदेखि सुरु हुने नेपाल प्रिमियर लिग(एनपिएल) क्रिकेट प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले ५० प्रतिशत छुटमा टिकट पाउने भएका छन् । शुक्रवार नेपाल क्रिकेट सङ्घले सो कुराको जानकारी दिएको हो ।
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट सङ्घबिच भएको सम्झौता बमोजिम हाल कायम गरिएको साधारण तर्फको टिकट खरिदमा त्रिविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि ५० प्रतिशत छुट कायम गरिएको सङ्घका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । उक्त प्रतियोगिता मंसिर १५ गते(शनिबार) देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवा निवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण