बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश

बुधबार, ३१ असार २०८३, १७ : २८
बुधबार, ३१ असार २०८३

सारांश

  • सर्वोच्च अदालतले सेवा निवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ।
  • पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तत्काल पूर्वन्यायाधीश र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण बुझाउने सूचना यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।
  • सिंहले न्यायाधीशको सम्पत्ति विवरण माग्न नपाइने भन्दै सम्पत्ति छानबिन आयोगविरूद्ध रिट दायर गरेका थिए।

काठमाडौँ। सर्वोच्च अदालतले सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ।

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले तत्काल पूर्वन्यायाधीश र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण बुझाउने सूचना यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।

सिंहले न्यायाधीशको सम्पत्ति विवरण माग्न नपाइने भन्दै सम्पत्ति छानबिन आयोगविरूद्ध रिट दायर गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप