काठमाडौँसहित विभिन्न स्थानमा ७ जना मृत फेला
शनिबार, १५ मङ्सिर २०८१, १७ : ३३
काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ७ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित खाली चौरमा सोही महानगरपालिका-८ गोठाटार घर भएका ३७ वर्षीय ईशान कोईराला शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, लालबन्दी नगरपालिका-४ करैया बस्ने ५५ वर्षीय धयनवा चौधरी सोही नगरपालिका-७ तरकारी बजार नजिकै रहेको पाकर गाछीको चौतारामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- काभ्रे, माहाभारत गाउँपालिका-३ देउराली बस्ने ५९ वर्षीय रेख बहादुर रखुवाल सोही गाउँपालिका-५ तिनखुट्टेस्थित खानी खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- पाँचथर, पाँचथर गाउँपालिका-६ खत्र गाउँ बस्ने ७० वर्षीय तिल बहादुर खत्रक(लिम्बु) सोही ठाउँस्थित पखेरे भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित कंचनजंगा होटलमा सोही नगरपालिका-१० धुलावारी बस्ने ४८ वर्षीय मनोज पराजुली शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- जाजरकोट, नलगाड नगरपालिका-१ निलगड्डीस्थित ठुली भेरीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- नुवाकोट, बेलकोटगढी नगरपालिका-७ रातमाटेस्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण