कटहरियामा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न
रौतहट । रौतहटको कटहरिया बजारमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कटहरिया ४ का अध्यक्ष चन्दन कुशवाहाको पहलमा नेशनल मेडिकल कलेज वीरगन्ज तथा ब्लड बैङ्कको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १३८ जनाले रक्तदान गरेको वडा अध्यक्ष कुशवाहाले जानकारी दिएका छन्।
कार्यक्रममा १८४ बिरामीको स्वास्थ्य जाँच तथा निःशुल्क औषधी वितरण गरिएको थियो। साथै अन्य रोगका बिरामीहरूलाई पनि डाक्टरले आवश्यक सल्लाहसहित औषधी प्रदान गरेका थिए । नेशनल मेडिकलसँगै कटहरियास्थित औषधी व्यवसायी जितेन्द्र साह, हरिश्चन्द्र कुशवाहा, राजु कुमार भास्कर, केपी यादव, सोनेलाल गुप्ता, उमेश यादव, सागिर अहमद र कृष्णनन्दन कुमार साह लगायतले निःशुल्क औषधी सहयोग गरेका थिए। रक्तदाताहरू लाई सम्मानका साथै प्रमाणपत्रसँगै गमछा ओढाएर आयोजकले कदर पत्र प्रदान गरिएको थियो ।
रक्तदान कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महतो, ३ का अध्यक्ष श्यामकान्त यादव, ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेशकुमार सिंह लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेशनल मेडिकल कलेज वीरगन्जका डा.आलोककुमार सिंह, डा. निरज सापकोटा, बालरोग विशेषज्ञ मनोज गुप्ता, डा. दीपेन्द्र गुरुङ, चर्मरोग विशेषज्ञ डा. स्वाती साह, डाक्टर सौरभ सिंह, पैथोलोजिस्ट डा. सञ्जयकुमार साह, सीमान्त शर्मा पौडेल वल्ड बैंक ल्याब इन्चार्ज, कृष्ण विनय निराला संयोजक नर्सिङ प्रमुख विकास कुमार गुप्ता लगायत ३० जान डाक्टरको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
-
हाइटी र सिरियाली आप्रवासीको टीपीएस हटाउन ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतको अनुमति
-
रास्वपा पदाधिकारीको ६ पदका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा (सूचीसहित)
-
२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण