सुन तस्कर ‘गोरे’ को हुलियाः रातो क्याप, कालो मास्क र हल्का दाह्री !

काठमाडौं– सुन तस्करीका मुख्य नाइके ‘गोरे भनिने चूडामणि उप्रेतीको नाम धेरैले सुनेका थिए । तर, यति धेरै सुन तस्करीका नाइके भनिएका गोरे कस्ता थिए भन्ने जिज्ञासा धेरैलाई थियो । गोरे पक्राउ नपर्दासम्म सञ्चारमाध्यममा आएका उनका तस्वीरमा गोरेको अनुहार सेतो अर्थात ‘गोरो' नै देखिन्थ्यो ।
सो प्रकरणको अनुसन्धान गर्न गठित अनुसन्धान टोलीले तिनै गोरेलाई पक्राउ गरी आज गृहमन्त्रालयमा सार्वजनिक गर्यो ।
गोरेलाई गृहमन्त्रालय ल्याइँदा उनको अनुहार माक्सले छोपिएको थियो । सुरुमा रातो क्याप र कालो मास्क लगाएकाे अवस्थामा गाेरेलाई सार्वजनिक गरिएकाे थियाे । पछि उक्त मास्क र क्याप खोलेर फोटो खिचाइएको थियो । गोरे झण्डै ६ फिट अग्ला देखिन्थे । चस्मा लगाएका उनलाई गृह मन्त्रालयमा ल्याइँदा हल्का दाह्री पालेका अवस्थामा पनि थिए।
विशेष अनुसन्धान टोलीले गोप्य सूचनाका आधारमा गोरेलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर ८ गौरीघाट क्षेत्रबाट मंगलबार बिहान ५ बजेर ३४ मिनेटमा नियन्त्रणमा लिएको हो ।
मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी विशेष अनुसन्धान टोलीले गोरेलाई सार्वजनिक गर्देे गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएकोे जानकारी गराएको हो ।
मन्त्रीपरिषद्को चैत २० गते बसेको बैठकले गृहमन्त्रालयका सह सचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा संगठित अपराध निवारण ऐन २०१२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरेको थियो । सुरुमा अध्ययन अनुसन्धानका लागि ४५ दिनको समय पाएको यो समितिलाई सरकारले जेठ मसान्त सम्मको समय थप गरेको छ ।
यो टोलीले ३३ किलो सुन काण्डमा संलग्न भएका ६५ जना विरुद्ध २०७५ जेठ १९ गते मोरङ जिल्ला अदालतमा विभिन्न आपराधिक समुहको स्थापना लागायत संगठित अपराध ऐन अन्र्तगत आकर्षित हुने अभियोजन सहितको मुद्धा दर्ता गरिसकेको छ ।
टोलीले अनुसन्धानको दायरामा राखेकाका बारेमा पनि प्रारम्भीक सोधपुछका क्रममा गोरेबाट थप तथ्य र सुचना प्राप्त भएको जानकारी दिएपनि समितिले ती सुचना भने सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलनमा समितिका संयोजक पौडेलले अनुसन्धान अत्यन्तै जटिल र गम्भीर प्रकृतिको भएकाले विषयलाई गम्भीरतापुर्वक लिन पनि आग्रह गरे ।
उनले गोरेलाई यथासक्य छिटो विराटनगर चलान गर्ने जानकारी पनि गराए ।
यससघि प्रतिवादी बनाईएका यसै मुद्धाका ६५ मध्ये ३३ फरार र ३२ जनालाई अदालत समक्ष पठाईसकिएको छ । मुद्धाका मुख्य अभियुक्त मोरङ उर्लाबारी ४ घर भई काठमाण्डौको गौरीघाटमा बसोबास गर्दे आएका थिए । ३३ किलो सुनकाण्ड पनि उनी फरार सूचीमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबिच विद्यार्थी र प्राध्यापकहरू आदान–प्रदान हुने
-
प्रेस युनियनले साताव्यापी रूपमा स्थापना दिवस मनाउने
-
राजावादीहरू कुन शक्तिको आडमा गणतन्त्रविरुद्ध धावा बोल्दैछन् ?
-
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलले बुझाए ज्ञापनपत्र
-
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको आकर्षण घट्दो
-
हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित