कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरू
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थल अर्थात् दोभानमा रहेको ‘बेनीघाट’मा कालीगण्डकी स्वच्छता कार्यक्रमअन्तर्गत पूर्वाधार निर्माणको काम सुरू गरेको छ ।
बेनी नगरपालिकाले कालीगण्डकी नदीको स्वच्छता, धार्मिक तथा सांस्कृतिक पक्षलाई समेत दृष्टिगत गरी रु ५३ लाख पाँच हजार २०० को ठेक्का आह्वान गरी पूर्वाधार निर्माणका काम सुरू गरेको हो ।
एस.के कन्स्ट्रक्सन बेनीले स्थानीय नगरपालिकासँग सम्झौता गरी कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थल ‘बेनीघाट’मा अहिले धमाधम काम गरिरहेको छ । सम्झौताअनुसार २०८२ साल वैशाख १७ गतेदेखि काम सुरु भएको सो योजना आगामी असार १५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार कालीगण्डकी स्वच्छता कार्यक्रमअन्तर्गत सञ्चालित यो पहिलो योजनाको सुरुमा अन्त्येष्टि गर्ने घाटलाई काठमाडौँ, पशुपतिस्थित आर्यघाटको ढाँचामा निर्माण गरी व्यवस्थित गरिने भएको छ ।
सो योजनाअन्तर्गत कालीगण्डकीको सतहभन्दा तल ६० प्रतिशत सिमेन्ट र ४० प्रतिशत ढुङ्गाको जग राखिनेछ । यसरी जग तयार भएपछि आर्यघाटमा जस्तै सिँढी निर्माण गरी शव राख्ने तथा जलाउने ठाउँ बनाइने नगरपालिकाले स्पष्ट गरेको छ ।
सनातन धर्म, संस्कृति र वातावरणलाई समेत ध्यान दिँदै आर्यघाटको ढाँचा र शैलीमा पूर्वाधार निर्माण गरी बेनिघाटलाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाइने बेनी नगरपालिकाले स्पष्ट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण