शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
अर्थतन्त्र

सीडीएससीको ‘आईजीन’ नम्बर विवादले सेयरधनीको खातामा आईपीओ सूचीकरण हुन सकेन

शनिबार, १० जेठ २०८२, ०८ : ३१
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • आईजीन नम्बर विवादका कारणले सेयरधनीको डिम्याट खातामा आईपीओ पठाउन रोकिएको छ।
  • सीडीएससीले रियल सेक्टरका कम्पनीहरूमा पनि साधारण र संस्थागत सेयरको लागि छुट्टाछुट्टै आईजीन नम्बर बनाउनुपर्ने प्रावधान ल्याएको छ।
  • विवादका कारण ओम मेगाश्री फर्मास्युटिकल्स पछिका अन्य कम्पनीको सेयर डिम्याट खातामा सूचीकरण हुन सकेको छैन।

काठमाडौँ । इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन)को विवादले पछिल्लो समय सेयरधनीको खातामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जान रोकिएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले रियल सेक्टरका कम्पनीहरूले पनि साधारण सेयर र संस्थागत सेयरको आईजीन नम्बर छुट्टाछुट्टै बनाउनुपर्ने प्रावधान ल्याएसँगै आईपीओ निष्कासन भएको सेयर पनि लगानीकर्ताको डिम्याट खातामा पठाउने काम रोकिएको छ ।

सीडीएससीले रियल सेक्टरका कम्पनीका साधारण र संस्थागत सेयरको छुट्टाछुट्टै आईजिन माग गरेसँगै ३ महिना यता जारी भएका आईपीओ सेयरधनीको खातामा जान सकेको छैन ।

सीडीएससीले डिम्याट खातामा सेयर पठाउन नयाँ नियम लागु गर्न खोज्दा लामो समय लगानी गरेका साधारण सयेरधनीहरूले दोस्रो बजारमा सूचीकृत भएर कारोबार गर्न तथा नेप्सेमा आफ्नो सम्पत्तिको स्वामित्व लिनबाट बञ्चित भएको देखिन्छ ।

आईजीन नम्बर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को समन्यवमा सीडीएससीले जारी गर्ने गर्छ । सीडीएससीले आईजीन नम्बर जारी गरेपछि मात्रै कुनै पनि कम्पनीले जारी गरेको सेयर सेयरधनीको खातामा आउने गर्छ । आईपीओ मार्फत परेको सेयर लगानीकर्ताको डिम्याट खातामा आउन आईजीन नम्बर आवश्यक पर्छ ।

सीडीएससीका अनुसार बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको हकमा साधारण सेयर र संस्थागत सेयरको लागि आईजीन नम्बर छुट्टाछुट्टै हुन्छ, तर निश्चित समय ‘लक–इन पिरियड’ लागु हुने कम्पनीको हकमा भने एउटै आईजीन नम्बरको प्रचलन रहेको सीडीएसीले जनाएको छ ।

आईपीओ जारी गरी सीडीएससीलाई सेयर राफसाफको शुल्क समेत तिरिसके पनि पियोर इनर्जी र इमर्जिङ नेपालका लगानीकर्ताले सेयर लगानीकर्ताको डिम्याट खातामा सूचीकरण गरिएको छैन । आईजीन नम्बर विवादकै कारण सीडीएससीले डिम्याट खातामा सेयर नपठाएको कम्पनीहरूको आरोप छ ।

आईजीन नम्बर विवादको कारणले पछिल्लो पटक आईपीओ जारी भएको ओम मेगाश्री फर्मास्युटिकल्सपछिका अन्य कुनै पनि कम्पनीको सेयर सेयरधनीको डिम्याट खातामा सूचीकरण भएको छैन ।

आईपीओ जारी गरी सीडीएससीलाई सेयर राफसाफको शुल्क समेत तिरिसके पनि पियोर इनर्जी र इमर्जिङ नेपालका लगानीकर्ताले सेयर लगानीकर्ताको डिम्याट खातामा सूचीकरण गरिएको छैन । आईजीन नम्बर विवादकै कारण सीडीएससीले डिम्याट खातामा सेयर नपठाएको कम्पनीहरूको आरोप छ ।

सीडीएससीको प्रबन्ध निर्देशक प्रविन पान्दकले आफूखुसी निर्णय गर्दा लगानीकर्ता, सूचीकरण प्रक्रियामा रहेका कम्पनी तथा नियामक निकायहरूलाई अन्योलमा पारेको आरोप सरोकारवालाले लगाएका छन् ।

निर्देशक पान्दकले रियल सेक्टरका कम्पनी बाहेकका अन्य कम्पनीका साधारण र संस्थागत सेयरमा पनि छुट्टाछुट्टै आईजीन नम्बर लागु गर्न खोज्दा विवाद सिर्जना भएको छ ।

सीडीएससीले बैंक तथा वित्तीय क्षेत्र बाहेकका अन्य क्षेत्रका कम्पनीका साधारण सेयर र संस्थागत सेयरको आईजीन नम्बर छुट्टाछुट्टै बनाउने सहजीकरणको लागि नेपाल धितोपत्र बोर्डलाई पत्रसमेत पठाएको थियो । तर दुई वटा आईजीन नम्बर कायम गर्नुपर्ने सम्बन्धमा बोर्डले कुनै निर्देशन र स्वीकृत दिने कानुनी व्यवस्था नभएको भन्दै सीडीएससीलाई विगतको प्रचलित कानुन र असल अभ्यास अनुरुप आईजीन नम्बर दिन निर्देशन दिएको छ ।

धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ तथा धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को व्यवस्थाले पनि संगठित संस्थाहरूको धितोपत्र अभौतिकीकरण गर्न दर्ता कम्पनीले भने बमोजिम आईजीन नम्बर निर्माण गर्ने उल्लेख छ ।

निष्कासन भएको सेयर पनि दोस्रो कारोबारका लागि कानुनमै नभएको व्यवस्था लागु गर्दा कम्पनीहरूले दुःख पाएको गुनासो गरेका छन् । कम्पनीहरू सीडीएससीबाट काम नभएको भन्दै अहिले नेप्से र धितोपत्र बोर्ड धाउन थालेका छन् । तर कतैबाट पनि निकास नआएको उनीहरूको भनाइ छ ।

आईजीन नम्बर खारेज गर्न वा एउटै कम्पनीको २ वटा नम्बर मर्जर गरेर एउटै बनाउनलाई पनि एसोशिएसन अफ नेशनल नम्बररिङ एजेन्सी(एएनएनए)ले स्वीकृत गरेपछि मात्रै सीडीएससीले नयाँ आईजीन नम्बर बनाउन सक्छ ।

निष्कासन भएको सेयर पनि दोस्रो कारोबारका लागि कानुनमै नभएको व्यवस्था लागु गर्दा कम्पनीहरूले दुःख पाएको गुनासो गरेका छन् । कम्पनीहरू सीडीएससीबाट काम नभएको भन्दै अहिले नेप्से र धितोपत्र बोर्ड धाउन थालेका छन् । तर कतैबाट पनि निकास नआएको उनीहरूको भनाइ छ ।

आईजीन कोडको विवाद इमर्जिङ नेपालको संस्थापक सेयरबाट उत्पन्न भएको स्रोतको दाबी छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध निर्देशक प्रविन पन्दाकले आईपीओ जारी गरेका कम्पनीहरूको संस्थापक सेयरमा दोहोरो ‘आईजीन’ नम्बर कायम गर्नुपर्ने विषयले कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचीकरण प्रक्रिया नरोकिएको बताएकी छन् । उनले कानुन र विगतको अभ्यास अनुसार सीडीएससीले निरन्तर रुपमा आईजीन नम्बर दिइरहेको बताइन् ।

पन्दाकले कम्पनीअनुसार फरक व्यवहार गर्न नमिल्ने बताइन् । सबै कम्पनीलाई एउटै व्यवहार आवश्यक रहेको जिकिर गर्दै उनले धितोपत्र बोर्डले नै कानुनअनुसार गर्नु भनेकाले आफूले सबै कम्पनीका लागि दुई वटा आईजीन नम्बर लागु गर्न खोजेको दाबी गरिन् ।

प्रबन्ध निर्देशक पन्दाकले आफूले कुनै पनि कम्पनीको आईपीओ सूचीकृत गर्न नरोकेको बताइन् । दुई वटा आईजीन नम्बर लागु भएकाले अब त्यही अनुसार सबै कम्पनीलाई एउटै व्यवहार गरिने उनको भनाइ छ ।

उनले भनिन्, ‘सबैलाई सम्मान व्यवहार गर्ने र एकरुपता ल्याउन दुई वटा आईजीन नम्बर कायम गर्न खाजेको हो । मैले कुनै कम्पनीको सूचीकृत रोकेको छैन ।’

यता, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईले आईपीओ जारी भएका कम्पनीको आईजीन नम्बर दिने विषय आफूहरूको नभएको बताए । उनले आईजीन नम्बरमा के विवाद छ भन्ने आफूलाई कुनै जानकारी नभएको जिकिर गरे ।

उनले भने, ‘आईजीन नम्बर सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिने हो । के समस्या भएको भन्ने उसैलाई थाहा छ । सीडीएससीले आईजीन नम्बर दिएपछि नेप्सेले आईपीओ सूचीकृत गर्ने काम गर्छ ।’

तीन कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुन सकेन

पियोर इनर्जी लिमिटेड लगायत अन्य दुई कम्पनीको सेयर साधारण सेयरधनीको खातामा आएको भए पनि दोस्रो बजारमा कारोबार हुन सकेको छैन । यो कम्पनीले गएको वैशाख ११ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।

कम्पनीले सेयर डिम्याटको लागि सीडीएससीमा आवेदन दिएपछि सीडीएसले नेप्सेलाई पत्र लेख्दै कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयरको लागि छुट्टाछुट्टै नेप्से स्टक कोड र स्टक सिम्बल माग गरेको थियो। । सीडीएससीले इमर्जिङ नेपालको पनि संस्थापक सेयरधनीको सेयर डिम्याट खातामा हालिदिएको छैन ।

आईपीओ बाँडफाँट भएको एक महिना बित्न लाग्दासमेत कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुन सकेको छैन । नेप्से अन्तर्गतको सीडीएससीले सेयर सूचीकरणमा विवाद झिक्दा दोस्रो बजारमा कारोबार हुन नसकेको कम्पनीहरूले जनाएको छ ।

कम्पनीले ०८१ चैत २८ देखि ०८२ जेठ २ गतेसम्म सर्वसाधारणमा ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको सेयर सूचीकरण समयमा नै नहुँदा सर्वसाधारण सेयरधनीलाई असर परेको भन्दै तत्काल सूचीकरण गर्न माग गर्दै आएका छन् । सीडीएसले ओम मेगाश्री फर्मास्यूटिकल्स, पियोर इनर्जी र इमर्जिङ नेपाल गरी तीन कम्पनीको संस्थापक सेयरधनीको सेयर डिम्याट खातामा नहालिदिएको जनाइएको छ ।

उत्पादन समूहको ओम मेगाश्री फर्मासुटिकल्सको सेयर सूचीकरण हुन ३५ दिन लागेको थियो । कम्पनीको आईपीओ चैत १२ गते बाँडफाँट भएको थियो भने वैशाख १७ गते मात्र नेप्सेमा सूचीकृत भएको थियो ।

कम्पनीले सेयर डिम्याटको लागि सीडीएससीमा आवेदन दिएपछि सीडीएसले नेप्सेलाई पत्र लेख्दै कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयरको लागि छुट्टाछुट्टै नेप्से स्टक कोड र स्टक सिम्बल माग गरेको थियो। । सीडीएससीले इमर्जिङ नेपालको पनि संस्थापक सेयरधनीको सेयर डिम्याट खातामा हालिदिएको छैन ।

के हो आईजीन नम्बर ?

आईजीन नम्बर कुनै पनि धितोपत्रको पहिचान गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने १६ डिजिटको कोड नम्बर हो । तर यस्तो नम्बर कति वटा लिने भन्ने विषय सम्बन्धित कम्पनीले सार्वजनिक निष्कासनको समयमै निर्णय गरेका हुन्छन् ।

उक्त नम्बर अनुसार धितोपत्र बोर्डले संस्थापक सेयर स्वीकृत गर्छ भने नेप्सेले बोर्डको स्वीकृतिको आधारमा आवश्यक अध्ययन गरेर सेयर सिम्बल कोर्ड दिने गरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीको सेयर मात्र साधारण र संस्थापक गरी दुई समूहमा दर्ता र सूचीकरण हुँदै आएको छ । तर सीडीएससीले उत्पादन तथा प्रशोधन समूह, होटेल तथा टुरिजम समूह, हाइड्रोपावर, ट्रेडिङ र लगानी समूहका सेयर पनि संस्थापक र सर्वसाधारण गरी छुट्टाछुट्टै दुई समूहमा दर्ता गर्न खोजेको छ ।

सेयर सिम्बल कोड नम्बर अन्तर्राष्ट्रिय स्तरमा सेयर कारोबार हुनका लागि आवश्यक पर्छ । संसारभरका धितोपत्र कारोबार राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङ संस्थाहरूको छाता संस्था ‘एसोशिएसन अफ नेशनल नम्बररिङ एजेन्सी (एएनएनए)ले फेरिफाइड गरेर आफ्नो सिस्टममा राखेपछि सीडीएससीले पनि आफ्नो सिस्टममा राखेर डिम्याट खातामा सेयर पठाउँछ ।

त्यसपछि मात्रै नेप्सेमा सेयर सूचीकृत हुन्छ । नेप्सेमा सूचीकृत भएपछि दोस्रो बजारमा लगानीकर्ताले कारोबार गर्न पाउँछन् । त्यस्तै, आईजीन नम्बर खारेज गर्न वा एउटै कम्पनीको २ वटा नम्बर मर्जर गरेर एउटै बनाउनलाई पनि एएनएनएले स्वीकृत गरेपछि मात्रै सीडीएससीले नयाँ आईजीन नम्बर बनाउन सक्ने प्रावधान छ ।

अहिले बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीको सेयर मात्र साधारण र संस्थापक गरी दुई समूहमा दर्ता र सूचीकरण हुँदै आएको छ । तर सीडीएससीले उत्पादन तथा प्रशोधन समूह, होटेल तथा टुरिजम समूह, हाइड्रोपावर, ट्रेडिङ र लगानी समूहका सेयर पनि संस्थापक र सर्वसाधारण गरी छुट्टाछुट्टै दुई समूहमा दर्ता गर्न खोजेको छ । यसरी छुट्टाछुट्टै दुई समूहमा दर्ता गर्न खोजेसँगै कानुनी व्यवस्था नभएको भन्दै कम्पनीहरूले विरोध गरेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप