पर्सामा भारतीय नम्बरको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्सा । पर्सामा भारतीय नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार राती साढे ९ बजे भारतीय नम्बरको गाडीको ठक्करबाट घटनास्थलमै एक युवकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर- १३ सरिसवापुलमा दुईवटा भारतीय नम्बरको गाडीले ठक्कर दिँदा भएको मोटरसाइकल चालक जटाशंकर पटेलको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । प्रदेश २ -०३-००४ प ५५१४ नम्बरको मोटरसाइकलमा सवार पटेल बहुदरमाइ नगरपालिका वडा नम्बर -९ निवासी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता लम्सालका अनुसार राती ड्राइपोर्टतर्फबाट दुईवटा भारतीय गाडी आइरहेको थियो, त्यसैमध्ये एउटा गाडीको ठक्करबाट पटेलको मृत्यु भएको हो ।
अहिलेसम्म कुन गाडीको ठक्करबाट उनको मृत्यु भएको हो ? त्यो यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
तर ती दुईवटै गाडीसहित एउटा चालकलाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनायो । प्रहरीले ठक्कर दिएको आशङ्कामा एउटा ट्रक र एउटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो मौद्रिक नीति चाहन्छन् उद्योगी–व्यवसायी ?
-
५ लाख ‘ड्रोन योद्धा’ तयार गर्दै दक्षिण कोरिया
-
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह : २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित
-
काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु, भारतीय विश्वविद्यालयबारे एकै थलोमा जानकारी
-
कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन
-
फेरि घट्यो कच्चा तेलको भाउ, ब्रेन्ट ७३.७६ डलर र डब्ल्यूटीआई ७०.४३ डलरमा कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण