फ्रान्समा वामपन्थीहरुले पारे प्रधानमन्त्रीलाई अफ्ठ्यारो
मङ्गलबार, १८ मङ्सिर २०८१, ०१ : २३
काठमाडौं । सामाजिक सुरक्षाको बजेट पारित गर्न ल्याएको विधेयक अघि बढाउन शक्तिको उपयोग गर्दा फ्रेन्च प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वास मतको सामना गर्नु परेको छ ।
संसदमा भएको हंगामा बुधबारसम्म लम्बिने बताइएको छ । बजेटमा बार्नियरले भारी करवृद्धि र खर्चमा व्यापक कटौती गर्दै विधेयक ल्याएका थिए । उनको कदममा वामपन्थी सांसदहरुले तगारो हालेका छन् । बार्नियरले २०२५ को बजेट अघि बढाउनका लागि फ्रान्सको संविधानको अनुच्छेद ४९.३ को उपयोग गरेका छन् । जसले विना भोटिङ विधेयक पारित गर्नका लागि अनुमति दिएको छ ।
बार्नियरले सांसदहरुलाई भनेका छन्, ‘मलाई लाग्दैन कि देशको भविष्यको साटो पार्टी हितलाई प्राथमिकता दिँदा फ्रान्सेली नागरिक हामीलाई माफ गर्लान् ।’ हामी सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्ने सुझाव उनले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण