गोरेलाई विराटनगर पुर्याइएलगत्तै एसएसपीसहित २८ जनालाई थुनामा राख्न आदेश
काठमाडौं– जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा पक्राउ परेका एसएसपी दिवेश लोहनीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले आज सो आदेश दिएको हो ।
न्यायाधीश शर्माको इजलासले संगठित अपराध निवारण ऐनको दफा ४१ र मुलुक ऐन दफा ११८को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । थुनामा पर्नेहरुमा एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण संजेल लगायत रहेका छन् ।
दुई प्रहरी जवान भने तारेखमा छुटेका छन् । तारेखमा छुट्नेमा विष्णुबहादुर खड्का र अमरबहादुर थापा रहेका छन् । खड्का एसएसपी श्याम खत्रीका ड्राइभर समेत हुन् भने थापा खत्रीका अंगरक्षक हुन् । उनीहरु साधारण तारेखमा छुटेका हुन् ।
यसअघि गोल्ड डन बनेर चिनिने चुडामणि उप्रेती गोरेलाई काठमााडैं महानगरपालिका ८ स्थित गौरीघाट पक्राउ गरी सार्वजनिक गरिएको थियो । गोरेलाई बिहान ५ बजेर ३४ मिनेट जाँदा पक्राउ गरिएको गृहमन्त्रालयका सहसचिव इश्वरी पोख्रेल नेतृत्वको छानविन समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।
पत्रकार सम्मेलन लगत्तै सार्वजनिक गरिएका गोरेलाई विराटनगर लगिएपछि जिल्ला अदालत मोरङले एसएसपी लोहनीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण