सैलुङ कन्स्ट्रक्सनसहित २१ निर्माण व्यवसायी कालोसूचीमा
काठमाडौँ । सैलुङ कन्स्ट्रक्सनसहित २१ वटा निर्माण व्यवसायी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको उक्त कम्पनी सहित ती कम्पनीहरूलाई एकदेखि तीन वर्षको लागि कालोसूचीमा राखेको हो ।
यसरी कालोसूचीमा पर्नेमध्ये जोरपाटीको नवदुर्गा विल्डर्सलाई सबैभन्दा धेरै तीन वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ । त्यस्तै, सुनाकोटीको सपना–सैलुङ जेभीलाई अढाइ वर्ष कालोसूचीमा राखिएको छ । उक्त जेभी अन्तर्गत हेटौँडाको सपना कन्स्ट्रक्सन र ललितपुर ढोलाहिटीको सैलुङ कन्स्ट्रक्सन रहेका छन् । संघीय सडक डिभिजन चौरजहारी रुकुमको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
त्यस्तै, चौरजहारी डिभिजन तथा नेपाल राष्ट्र बैंकको सिफारिसमा दुई कम्पनीलाई दुई वर्षका दरमा, तनहुँको भानु नगरपालिकाको सिफारिसमा एउटा कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । बाँकी १५ वटालाई भने एक वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण