सैलुङ कन्स्ट्रक्सनसहित २१ निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौँ । सैलुङ कन्स्ट्रक्सनसहित २१ वटा निर्माण व्यवसायी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको उक्त कम्पनी सहित ती कम्पनीहरूलाई एकदेखि तीन वर्षको लागि कालोसूचीमा राखेको हो ।
यसरी कालोसूचीमा पर्नेमध्ये जोरपाटीको नवदुर्गा विल्डर्सलाई सबैभन्दा धेरै तीन वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ । त्यस्तै, सुनाकोटीको सपना–सैलुङ जेभीलाई अढाइ वर्ष कालोसूचीमा राखिएको छ । उक्त जेभी अन्तर्गत हेटौँडाको सपना कन्स्ट्रक्सन र ललितपुर ढोलाहिटीको सैलुङ कन्स्ट्रक्सन रहेका छन् । संघीय सडक डिभिजन चौरजहारी रुकुमको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
त्यस्तै, चौरजहारी डिभिजन तथा नेपाल राष्ट्र बैंकको सिफारिसमा दुई कम्पनीलाई दुई वर्षका दरमा, तनहुँको भानु नगरपालिकाको सिफारिसमा एउटा कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । बाँकी १५ वटालाई भने एक वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा
-
विप्लवले भेटे झलनाथ खनाल
-
ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम (तस्बिरहरू)
-
ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– बहुआयामिक र चौतर्फी विकास गर्दैछौँ
-
भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !