विश्नोइको नाममा धम्क्याउने हरिचन्द्र फुयलले प्रसाईंलाई पठाउँथे भ्वाइस रेकर्ड
काठमाडौँ । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयलले दुर्गा प्रसाईंलाई भ्वाईस रेकर्ड पठाउने गरेको भेटिएको छ ।
भारतबाट ह्वाट्सएप मार्फत धम्की दिएपछि सो कुराकानीको अडियो रेकर्ड उनले मेडिकल व्यवसायी प्रसाईंलाई पठाउने गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘व्यवसायीलाई धम्की दिएको अडियो प्रसाईंलाई पठाएको भेटिएको छ ।’
झापाको चारआली घर भएका फुयललाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर काठमाडौँमा ल्याएर अनुसन्धान गरिरहेको छ । फुयलले भारतीय टेलिकम कम्पनी एयरटेलको दुईवटा सिम लिएर नेपालका व्यवसायीहरूलाई धम्की दिएका हुन् ।
उनले ५ घण्टादेखि २४ घण्टासम्मको अल्टिमेटम दिएर व्यवसायी र बैंकरहरुलाई धम्की दिँदै प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भन्ने गरेका थिए । सो रेकर्ड उनले प्रसाईंलाई पठाउँथे । प्रहरीले अडियो बरामद गरेको छ । उनले आफूलाई भारतीय गुण्डा नाइके ‘विश्नोइ ग्याँङबाट हुँ’ भन्ने गरेका थिए ।
प्रसाईंले फुयललाई रकम दिएर नै परिचालन गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । झापा पारिपट्टि पानीट्यांकीमा उनले पसल पनि सञ्चालन गरेको भेटिएको छ । उनी झापाबाट भारततर्फ घ्यू लगेर बेच्ने काम गर्दै आएका छन् । भारतमा उनी आफूलाई नवीन प्रधानको नामबाट चिनाउँथे र आधार कार्ड पनि बनाएका थिए ।
भारतबाट १४१ पटक फोन गरेर व्यवसायीलाई धम्की दिने फुयलविरुद्ध यसअघि पनि झापा र सुनसरीबाट मुद्दा चलेको भेटिएको छ । इलाका प्रहरी कार्यालय धुलावारीबाट चलेको बैंकिङ कसुर मुद्दामा उनी फरार देखिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले अघि बढाएको ठगी मुद्दामा उनी १ लाख ४० हजार रकम बुझाएर छुटेको एसपी बोगटीले जानकारी दिए ।
प्रसाईंसँग दैनिक ११ पटकसम्म सम्पर्क
हरिचन्द्र फुयलले दुर्गा प्रसाईंलाई दैनिक ११ पटकसम्म फोन सम्पर्क गर्ने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
प्रसाईंको नम्बरमा उनले भारतबाट फोन गर्ने गरेका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘प्रसाईं र उनको सयौँ पटक कल भएको भेटिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण