भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
काठमाडौँ । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयल पक्राउ परेका छन् । झापाको चारआली घर भएका उनी घ्यूको व्यापार गर्छन् । झापाबाट भारतको आसाममा लगेर उनले घ्यू बेच्ने गरेका हुन् ।
फुयल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बिचमा ‘कनेक्सन’ भेटिएको छ । फुयल र प्रसाईंको बिचमा सम्पर्क हुने गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘धम्क्याएको भ्वाइस रेकर्ड उनले भारतबाट प्रसाईंलाई पठाउने गरेको देखिन्छ ।’
फुयलले राष्ट्र बैंकका उच्च अधिकृतहरूलाई पनि धम्की दिने गरेको भेटिएको छ । भारतीय टेलिकम कम्पनी एयरटेलको दुईवटा सिम लिएर उनले ह्वाट्सएपमार्फत नेपालका व्यवसायीहरूलाई धम्की दिएका हुन् ।
फुयलले ५ घण्टादेखि २४ घण्टासम्मको अल्टिमेटम दिएर व्यवसायी र बैंकरहरुलाई धम्की दिँदै प्रसाईं नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भन्ने गरेका थिए ।
बैंकर र व्यवसाय गर्ने ६ जनाले त्यसबारे सीआईबीमा जानकारी गराएका छन् । सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ । त्यसरी फोन गर्नेहरूले भन्छन्, ‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईंले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस् ।’
फोन गर्नेहरूले दुर्गा प्रसाईंलाई सहयोग नगरे व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेका छन् । अनुसन्धानमा संलग्न ब्युरोका एक जना अधिकृत भन्छन्, ‘सुपारी लिएको छु भनेर उनीहरुले धम्की दिने गरेको देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण