अनुहारमा बेसन लगाउँदाका हुन्छ यस्तो फाइदा, थाहा छैन कि ?
काठमाडौँ । आजको समयमा छाला सम्बन्धी हरेक समस्याको लागि स्किन केयरका सामान बजारमा पाइन्छ । तर अहिले पनि धेरै मानिसहरू छालाको हेरचाहको कुरा आउँदा घरेलु उपायहरूको भर पर्छन् । तपाईँ पनि घरेलु उपचार बढी प्रयोग गर्ने व्यक्तिहरूमध्ये हुनुहुन्छ भने, तपाईँले कुनै न कुनै बेला आफ्नो अनुहारमा चनाको पिठो अर्थात् बेसन त अवश्य प्रयोग गरेको हुनुपर्छ ।
चना हरेक नेपालीको भान्सामा पाइने चिज हो । वेसन पनि हरेकको घरमा प्रायः छुट्दैन । यसलाई खानाको परिकारमा मात्रै होइन अनुहारमा पनि प्रयोग गर्न सकिन्छ । यसबाट स्क्रबदेखि फेस प्याकसम्म सजिलैसँग बनाउन सकिन्छ ।
वेसनलाई सही तरिकाले प्रयोग गरियो भने कुनै रासायनिक पदार्थ बिनै छाला चम्किलो हुन्छ । छालालाई चम्किलो बनाउनुका साथै चनाको पीठो छालाका लागि धेरै किसिमले फाइदाजनक हुन्छ । आजको यस लेखमा हामीहरू चनाको पिठोले हुने केही फाइदाबारे बताउनेछौँ ।
छालालाई सफा गर्छ
बेसनमा पाइने प्राकृतिक क्लिन्जरले छालालाई गहिरो रूपमा सफा गर्छ । अनुहार सफा गर्नु बाहेक पनि बेसनले अतिरिक्त तेल र फोहोर हटाएर छालालाई चम्किलो बनाउँछ ।
दाग–धब्बामा कमी आउँछ
के तपाईँ पनि नियमित रूपमा अनुहारमा बेसनको प्रयोग गर्नुहुन्छ ? यसले तपाईंको छालाको दाग–धब्बामा कमी ल्याउँछ । बेसनमा एन्टी–ब्याक्टेरियल गुण हुन्छ जसले एक्ने गराउने ब्याक्टेरियालाई मार्छ र छालाको दाग धब्बालाई हल्का बनाउन मद्दत गर्दछ ।
डढेको हटाउँछ
बेसारको नियमित प्रयोगले घामका कारण डढेको छालाको कालोपन पनि हट्दै जान्छ । ट्यानिङ्ग हटाउन यसलाई धेरै तरिकामा प्रयोग गर्न सकिन्छ । धेरै मानिसले बेसनलाई दही र दूधमा मिसाएर लगाउँछन् ।
छालाको नम्रता कायम रहन्छ
बेसनले छालालाई प्राकृतिक नरमपन दिन्छ प्रदान गर्दछ जसले गर्दा छाला मुलायम र स्वस्थ बनिरहन्छ । छाला सुख्खा हुने मानिसका लागि यो निकै फाइदाजनक छ ।
छालाबाट मृत कोशिकाहरू हटाउँछ
बेसनले प्राकृतिक एक्सफोलिएटरको रूपमा काम गर्दछ । यसले छालाबाट मृत कोशिकाहरू हटाउन मद्दत गर्दछ अनि छालालाई चम्किलो पनि बनाउँछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काम गर्न चाहन्छौ, काम छैन : जीसस प्रमुख
-
कोशी र मधेस प्रदेशमा शीतलहर, अन्यत्रको मौसम कस्तो रहला ?
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुने नेपाली सबैको पहिचान खुल्यो
-
आँधी प्रभावित क्षेत्र पुगेर ट्रम्पले दिए संघीय आपतकालीन एजेन्सी भङ्ग गर्ने चेतावनी
-
शनिबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो