धरानमा ६ सय ९० किलोग्राम गाँजा बरामद, एक जना पक्राउ
सुनसरी । धरानमा करिब ६ सय ९० किलोग्राम गाँजासहित एक जना पक्राउ पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ अमरहाटबाट उक्त परिमाणको गाँजासहित मंगलबार बेलुका मोरङ सुन्दरहरैंचा नगरपालिका–११ बस्ने ३६ वर्षीय श्यामकुमार विकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी बा.१ झ ४६०५ नम्बरको स्कार्पियो चालक हुन् । सरकारी नम्बर प्लेट लगाएको सो स्कार्पियोबाट ३ सय ३० किलोग्राम र बा.१ झ ५१२७ नम्बरको गाडीबाट ३ सय ६० किलोग्राम गरी दुवै गाडीबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद भएको प्रहरीको भनाई छ । स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३ सय ३० किलोग्राम गाँजा सहित चालक विकलाई पक्राउ गरेको थियो ।
साथै प्रहरीले गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा.१ झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा छाडी चालक फरार भएको अवस्थामा फेला पारी उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिक भित्र प्याक गरेको अवस्थामा ३ सय ६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो । प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण