हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’
बनियानी । झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ सुरु गरिएको छ । जङ्गली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।
बिर्तामोड–७ मा रहेका २४ टोलमध्ये हात्तीबाट बढी प्रभावित बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, श्रीजंघा, फक्तालुङलगायत टोलमा एक सय ५० भन्दा बढी उज्यालो दिने सडक बत्ती जडान गरिएको उनले बताए । सडक बत्ती जडानका लागि प्रतिबत्ती रु एक हजार पाँच सयदेखि रु तीन हजारसम्म खर्च लाग्ने जनाइएको छ ।
स्थानीयको घरबाटै विद्युत् लिएर घरअगाडि बत्ती लगाइएको छ । त्यसको महसुल भने स्थानीयले तिर्नुपर्नेछ । जडान गरिएको बत्ती बिग्रिएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने वडाध्यक्ष खरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण