राष्ट्रपति युनलाई मार्शल लको सुझाव दिने रक्षामन्त्रीले राजीनामा दिने

सोल । दक्षिण कोरियामा मार्शल ल लगाउने राष्ट्रपति युन सुक–योलको मंगलबार रातिको प्रयास असफल भएपछि विपक्षी दलका सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव पेस गरेका छन् । यसैबिच त्यहाँका सामाजिक कार्यकर्ताहरूले पनि युनको राजीनामाको माग गर्दै देशभर केही दिनसम्म प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।
युनलाई मार्शल ल लागू गर्न सुझाउने रक्षामनत्री किम योङ–ह्युनले सर्वसाधारणमाझ द्विविधा फैलाएको र तनाव उत्पन्न भएकोमा माफी मागेको रक्षामन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
किमले मार्शल ल र यो लागू भएपछि उत्पन्न अस्थिरता सबैको जिम्मेवारी लिएका छन् । उनले मन्त्री पदबाट पनि राजीनामा दिने बताएका छन् । युनले आफ्नो राजीनामा स्वीकार नगर्दासम्म पदमै बस्ने उनले भनेका छन् ।
असफल मार्शल लपछि विपक्षी दलहरूले युनमाथि महाभियोगको प्रस्ताव पारित गरेका छन् । महाभियोगमा शुक्रबार वा शनिबार मतदान हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
-
रामायणमा काजल अग्रवालको इन्ट्री, निभाउने छिन् यो भूमिका
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान