राष्ट्रपति युनलाई मार्शल लको सुझाव दिने रक्षामन्त्रीले राजीनामा दिने
सोल । दक्षिण कोरियामा मार्शल ल लगाउने राष्ट्रपति युन सुक–योलको मंगलबार रातिको प्रयास असफल भएपछि विपक्षी दलका सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव पेस गरेका छन् । यसैबिच त्यहाँका सामाजिक कार्यकर्ताहरूले पनि युनको राजीनामाको माग गर्दै देशभर केही दिनसम्म प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।
युनलाई मार्शल ल लागू गर्न सुझाउने रक्षामनत्री किम योङ–ह्युनले सर्वसाधारणमाझ द्विविधा फैलाएको र तनाव उत्पन्न भएकोमा माफी मागेको रक्षामन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
किमले मार्शल ल र यो लागू भएपछि उत्पन्न अस्थिरता सबैको जिम्मेवारी लिएका छन् । उनले मन्त्री पदबाट पनि राजीनामा दिने बताएका छन् । युनले आफ्नो राजीनामा स्वीकार नगर्दासम्म पदमै बस्ने उनले भनेका छन् ।
असफल मार्शल लपछि विपक्षी दलहरूले युनमाथि महाभियोगको प्रस्ताव पारित गरेका छन् । महाभियोगमा शुक्रबार वा शनिबार मतदान हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि १४ जना उम्मेदवार सर्टलिस्ट
-
अव्यवस्थित बसोबासी र भूमिहीनको अधिकारका लागि महाअभियानको विरोध प्रदर्शन
-
चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण