शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

काठमाडौं-तराई द्रूतमार्गका लागि ग्राभेल बोकेको टिपर दुर्घटनामा चालकको मृत्यु

शुक्रबार, २१ मङ्सिर २०८१, २३ : १४
शुक्रबार, २१ मङ्सिर २०८१

बागमती । काठमाडौं-तराई मधेस द्रूतमार्ग (एक्सप्रेस वे) अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडा नजिकै टिपर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

बकैयाको हात्तीसुँडेबाट द्रुतमार्गका लागि ग्राभेल लोड गरी जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसैमा च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप