रविलाई भेटेपछि ज्ञानेन्द्रले भने, ‘मदिरा सेवन गरेका प्रहरीद्वारा रातारात पोखरा ल्याइएको छ, छानबिन हुनुपर्छ’
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्दा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको जिकिर गरेका छन् । सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेपछि शाहीले सो कुरा बताएका हुन् ।
रातोपाटीसँग कुराकानी गर्दै सांसद शाहीले लामिछानेलाई मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात कास्की ल्याइएको पनि बताए । उनले भने, ‘कानुनी राज्यमा छौँ, कानुन सबैले मान्नुपर्छ । तर यहाँ मानवअधिकारको गम्भीर उल्लङ्घन भएको छ । मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात कास्की ल्याएको भन्नुभएको छ । यो गम्भीर घटना हो । सत्यतथ्य छानबिन गर्नुपर्छ ।’
लामिछानेले आफूलाई चितवनमा अमानवीय व्यवहार गरिएको कुरा पनि सुनाएको शाहीले बताए । ‘जसले मानव अधिकार उल्लङ्घनको काम गरेको छ, उनीहरूलाई कारबाही गरिनुपर्छ,’ उनले भने ।
प्रेसरमा भएको मान्छेलाई औषधिसमेत नदिएर गलत गरिएको उनको भनाई छ । ’केही भइहालेको भए को जिम्मेवार हुन्थ्यो ?,’ उनले प्रश्न गरे । उनले गलत गर्नेलाई कारबाही नभए सडक र संसद्बाट जवाफ माग्ने उद्घोषसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण