बेनी–पुलाचौर सडक कालोपत्र
आइतबार, २३ मङ्सिर २०८१, ०७ : ४३
म्याग्दी । बेनी–पुलाचौर पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि रु एक करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ ।
एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ ।
बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको रु तीन करोड बजेटमध्ये रु एक करोड ५० लाखको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै राख्ने एमालेको घोषणा
-
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
-
चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
-
नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण