प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै राख्ने एमालेको घोषणा
सारांश
- नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध कायमै राख्ने जनाएको छ ।
- एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री शाहले भारतको सीमा नेपालले मिचेको भन्ने गलत अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाउनुपर्ने बताए ।
- सांसद रमेश मल्लले प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन बेवास्ता गरिएको र राजधानीमा भएका घटना गम्भीर भएको बताए ।
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध कायमै राख्ने जनाएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाह नै भारतको सीमा नेपालले मिचेको भनेर गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाउनुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे विपक्षीले लगातार प्रश्न उठाउँदै आए पनि बेवास्ता गरिएको बताए । साथै उनले सोमबार मिडियाका कार्यालयअगाडी गाडी तेर्स्याएर पञ्चायतकालीन झल्को दिएको बताए ।
त्यस्तै नेकपाका सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनतर्फ बेवास्ता गरिएको भन्दै गणेश नेपालीको घटनापछि हिजो र अस्ति राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको बताए ।
‘राज्य संरक्षित व्यक्तिले न्युरोड लगायतका स्थानमा गाडी तेर्स्याइयो, हिजो मिडिया र दलका नेताका घरमा राज्य संरक्षित दलका नेताका घरमा त्यही व्यवहार भयो’, उनले भने, ‘आतङ्क राज्य आफै सिर्जना गर्ने र पाँच सयको जरिवाना तिराउने हुनै सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
-
कांग्रेस सचेतक राईको प्रश्न – 'श्री ८' बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण