करिब ११ लाख मूल्य बराबरको अवैध भन्सार छलीका समान बरामद
काठमाडौँ । कैलाली जिल्लाको विभिन्न स्थानबाट करिब ११ लाख मूल्य बराबरको अवैध भन्सार छलीका समान बरामद गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको १० लाख ९१ हजार ८ सय मूल्य बराबरको अवैध मालसामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने तयारी गरेको हो ।
जस मध्ये जिल्ला कैलाली धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चौराह, संचयकोष कार्यालय धनगढी नजिक र बोराडाडीबाट अन्दाजी १० लाख ५३ हजार ८ सय बराबरको विभिन्न मोबाइलका कभरहरु, किरानाका सान र मोजाहरू बरामद भएको थियो ।
त्यस्तै गोदावरी नगरपालिका–९ बालुवाटारबाट अन्दाजी ३८ हजार मूल्य बराबरको स्पिकर, पम्पको वासर र किराना सामानहरू फेलापारि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण