विद्रोहीले दमास्कस कब्जापछि भागेका सिरियाका राष्ट्रपति चढेको विमान दुर्घटनाको आशंका
दमास्कस । सिरियाका राष्ट्रपति बशर अल–असदको एउटा विमान दुर्घटनामा मृत्यु भएको आशङ्का गरिएको छ । विद्रोहीहरू छिरेर राजधानी दमास्कसलाई आफ्नो नियन्त्रणमा लिएपछि असद भागेको बताइएको छ । यसैबिच उनी चढेर गएको विमान रडारको सम्पर्कबाट हराउनुअघि असामान्य बाटोमा गएको भन्दै रोयटर्सले समाचार छापेको छ ।
दमास्कसबाट उडान भर्ने अन्तिम विमान इल्युशिन–७६ थियो । फलाइट रडार वेबसाइटको डेटा अनुसार विद्रोहीहरूले दमास्कसलाई कब्जामा लिएकै समयमा दमास्कस विमानस्थलबाट एउटा उडेको विमान छ । यो विमान सुरुमा सिरियाको तटीय क्षेत्रतिर गएको थियो तर अचानक फर्कियो र राडारबाट हराउनुअघि कयौँ मिनेट विपरीत दिशातिर हानियो । विमानमा को थियो भनेर पत्ता लगाउन नसकेको रोयटर्सले भनेको छ । तर सिरियामा दुई स्रोतले भने विमान दुर्घटनामा असदको मृत्यु भएको हुन सक्ने बताएका छन् ।
आइतबार बिहान ८ बजे असदले सिरिया छाडेको भनिएको छ । यो घटना र असदको बहिर्गमन दुवैको सूचना एक अर्कासँग जोडिएको देखिएको छ । असदको विमान अन्तिम पटक देखिएको ठाउँ नजिक विस्फोटको आवाज सुनिएको पनि भनिएको छ । सामाजिक सञ्जालमा असद चढेको विमानलाई खसालिएको हुनसक्ने अफवाह फैलिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण