यस्तो छ हिउँदे अवधिको हावापानीको आँकलन
काठमाडौँ । मंसिर १६ देखि फागुन १६ गतेसम्मको तीन महिनाको हिउँद अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ । अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हिउँद अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । कोशी प्रदेशका दक्षिणी भू–भाग र मधेस प्रदेशका पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै विभागका अनुसार सुदूरपश्चिम प्रदेशका दक्षिणी भू–भाग, कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग, बागमती प्रदेश, मधेस प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशका पश्चिमी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ । देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।
यस्तै विभागका अनुसार अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहको छ । कर्णाली प्रदेशका मध्य तथा पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका पूर्वी भू–भाग, गण्डकी प्रदेश, बागमती प्रदेशका पश्चिमी भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशका दक्षिण–पश्चिम र दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग, बागमती प्रदेशका उत्तर–पूर्वी भू–भाग, कोशी प्रदेशका उत्तरी र दक्षिण–पूर्वी भू–भागमा सरदर भन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार देशका बाँकी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना रहेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण