लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना

काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आइतबार लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरेको छ।
उक्त कार्यक्रमलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगर, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना,लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा दुवै भारत र नेपालका प्रख्यात कलाकारहरूको प्रस्तुति सहितको एक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यको प्रस्तुति थियो। यो प्रस्तुतिलाई नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) ले सहयोग गरेको थियो। सोही कार्यक्रममा स्वजन रघुवंशी र उनको समूहले परम्परागत नेपाली नृत्य पनि प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रदेश सभा सदस्य, बुटवल उप-महानगरपालिकाका मेयर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षकहरूका साथै नागरिक समाजका सदस्य एवम् वरिष्ठ भिक्षुहरू, लुम्बिनी विकास कोषका परिषद् र कर्मचारी सदस्यहरूसहित प्रमुख प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
यस महोत्सवको हिस्साको रूपमा भारतबाट आएका कथक नृत्य समूहले काठमाडौँ र पोखरामा पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछ।
यसैगरी, आइतबार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा’ विषयकमा शैक्षिक गोष्ठी आयोजना गरिएको थियो। गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरू सहभागी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि...
-
राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
-
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
-
हृदयघातका कारण कन्नड अभिनेता राकेश पुजाराको निधन
-
करोडौँ खर्च गर्नुपर्ने लुटेरा निर्वाचन प्रणाली चाहिएको छैन : प्रचण्ड
-
रुकुम पश्चिममा ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु