रुसले बोलायो सुरक्षा परिषद्को आकस्मिक बैठक
सोमबार, २४ मङ्सिर २०८१, १२ : १२
मस्को । सिरियाको अवस्थाबारे छलफल गर्न रुसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार हुने आशा गरिएको संयुक्त राष्ट्रसङ्घका लागि रुसका प्रथम उप–स्थायी प्रतिनिधि दिमित्री पोल्यान्स्कीले टेलिग्राममा लेखेका छन् ।
समाचार एजेन्सी एएफपीले पनि कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै एउटा बैठक बस्ने भएको बताइएको छ । असद सरकारको पतनले रुस र मध्यपूर्वमा कस्तो प्रभाव पार्छ भन्ने अझै स्पष्ट भइनसकेको पोल्यान्स्कीले भनेका छन् ।
विशेषगरी गोलान हाइट्समा संयुक्त राष्ट्रसङ्घले गस्ती गरिरहेको क्षेत्रहरूमा इजरायलको अस्थायी नियन्त्रणबारे छलफल गर्न आवश्यक रहेको उनले बताए । गोलान हाइट्समा रहेको राष्ट्रसङ्घले गस्ती गरिरहेको असैन्यकृत क्षेत्रमा इजरायलको अस्थायी कब्जाबाट उत्पन्न हुने अवस्थाबारे छलफल गर्नु विशेष जरुरी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण