काठमाडौँमा दुई जना मृत अवस्थामा फेला
सोमबार, २४ मङ्सिर २०८१, १३ : ००
काठमाडौँ । राजधानी काठमाडौँमा दुई जनासहित देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौं महानगरपालिका-१४ बल्खु डेरा गरी बस्ने महोत्तरी भांगाह नगरपालिका-४ घर भएका ६५ वर्षीय लाल बहादुर श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी काठमाडौं महानगरपालिका-२४ नरदेवीस्थित पसरननी चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- बाग्लुङ, वरेङ गाउँपालिका-३ चाँदास्थित गोरेटो बाटोमा सोही गाउँपालिका-४ सल्यान बस्ने ६३ वर्षीया यमसरी दमाई आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-३ छुरिगाउँ बस्ने ५० वर्षीया शर्मिला डिम्डुङग सोही गाउँपालिका-४ पौवास्थित पौवा खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- रौतहट, देवाही गोनाही नगरपालिका-२ लक्ष्मीनिया टोलस्थित लाल बकैया खोला नजिक खाल्डोमा जमेको पानीमा बौधीमाई नगरपालिका-५ कोप्वा टोल बस्ने शेख मनाउल्लाहकी छोरी ६ वर्षीया शबाना खातुन र छोरा ३ वर्षीय अबदुल रहमान आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- रुपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित हाटबजार लाग्ने स्थानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- संखुवासभा, चैनपुर नगरपालिका-१० हात्तिसुडे बस्ने ४८ वर्षीय सूर्य बहादुर दर्जी सोही ठाउँस्थित आफ्नै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण