आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ

सोमबार, २४ मङ्सिर २०८१, १९ : ०६
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौँ । विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी घर भएकी २४ वर्षीया उमा तामाङ, काठमाडौँको शंखरापुर घर भएका ३४ वर्षीय महेश प्रजापति र चितवनको भरतपुर घर भएकी ३० वर्षीया शान्ती खड्गी छन् । 

उमा तामाङले दुबई पठाउँछु भनेर १ लाख ५० हजार  र शान्ती खड्गीले रोमानियाँ पठाउँछु भनेर ५ लाख ७५ हजार असुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । महेश प्रजापतिले दुबई पठाउँछु भनेर १ लाख ८० हजार रकम असुलेका हुन् । उनीहरूलाई कानुनी कारबाही गर्न प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप