धवनविना मैदानमा उत्रँदै गरेको कर्णालीलाई पोखराको चुनौती

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् । खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय मैदानमा दिनको १ बजे सुरु हुनेछ ।
दुवै टोली प्लेअफ स्थानका लागि दाबेदार टोलीहरू हुन् । कर्णालीले ४ खेलमध्ये दुई खेलमा जीत र दुई खेलमा हार बेहोरेको छ । चार अङ्क बटुल्दै टोली लिगको चौथो स्थानमा रहेको छ ।
टोली आज स्टार ब्याटर शिखर धवनबिना मैदानमा उत्रनेछ । धवन चार खेल खेलेर भारत फर्किसकेका छन् । उनी टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी थिए । उनले १ सय ३६ रन बनाएका थिए ।
टोलीका लागि विपिन शर्माले ३ खेलबाट ६ विकेट लिएका छन् भने नन्दन यादवले ५ विकेट हात पारेका छन् ।
उता, पोखराले भने हालसम्म तीन खेलमात्र खेलेको छ । टोलीले १ खेलमा जीत र दुई खेलमा हार बेहोरेको छ । टोली २ अङ्क बटुल्दै तालिकामा पाँचौँ स्थानमा छ ।
टोलीका एन्ड्रियस गाउसले सर्वाधिक १ सय २४ रन बनाएका छन् । उनी यस प्रतियोगितामा शतक बनाउने एक मात्र खेलाडी पनि हुन् । उनले लुम्बिनी लायन्सविरुद्ध टोलीलाई जित दिलाउने क्रममा १ सय ४ रन बनाएका थिए ।
पोखराका लागि विपिन खत्रीले ३ खेलमा सर्वाधिक ५ विकेट लिएका छन् । त्यस्तै, बास डी लिडेले पनि १ खेलमा दुई विकेट लिएका छन् ।
कर्णाली याक्स हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिको स्वामित्वमा रहेको क्लब हो । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले कर्णाली याक्सलाई एक करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो । कर्णाली याक्सका मार्की खेलाडी भने सोमपाल कामी हुन् । कर्णाली याक्सका प्रमुख प्रशिक्षक ज्ञानेन्द्र मल्ल हुन् ।
पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो । एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब पनि हो । पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । पोखरा एभेन्जर्सका प्रमुख प्रशिक्षक राजीव कुमार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने