महान् क्रिकेटर ब्रायन लारा नेपाल आउने
मङ्गलबार, २५ मङ्सिर २०८१, २० : २४

काठमाडौँ । वेस्ट इन्डिजका महान् क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को अवसर पारेर लारा आउन लागेको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिएका हुन् ।
ट्रिनिडाडमा जन्मिएका ५५ वर्षीय बायाँ हाते ब्याटर सर्वकालिक क्रिकेटका दिग्गज खेलाडीमध्ये एक मानिन्छन् । उनले १३१ टेस्ट खेल्दै ५२.८८ को औसतले ११ हजार ९५३ रन बनाएका छन् ।
टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान उनको नाममा छ । उनले सन् २००४ मा इंग्ल्याण्डविरुद्ध ४ सय रन बनाउँदै नटआउट रहेका थिए ।
त्यस्तै, उनले २९९ एकदिवसीयमा ४०.४८ को औसतले १० हजार ४०५ रन जोडेका छन् । एकदिवसीयमा उनको उच्च स्कोर १ सय ६९ रन रहेको छ । उनले सन् २००७ मा क्रिकेटबाट सन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेडिकलबाट ठुलो परिमाणमा लागुऔषध बरामद, सञ्चालक पक्राउ
-
मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा
-
कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने
-
विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय माग्ने
-
एपीएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने
-
ढुवानी व्यवसाय डिजिटल र प्रविधि मैत्री बनाउने तयारीमा ट्रक व्यवसायी