कम योगफल बने पनि जित्ने आत्मविश्वास थियो : ईशान पाण्डे
काठमाडौँ । सुदूरपश्चिम रोयल्सका ईशान पाण्डेले कम योगफल बने पनि जित निकाल्न सक्छौँ भन्ने आत्मविश्वास रहेको बताएका छन् । जनकपुर बोल्ट्सविरुद्ध सामान्य लक्ष्य रक्षा गर्दै जित निकालेपछि पत्रकार सम्मेलनमा सुदूरपश्चिमका अलराउण्डर ईसानले सो भनाइ राखेका हुन् ।
उनले आफ्नो टोलीले ब्याटिङ गर्दा पनि पिचमा बल फसेर आइरहेकाले बलिङबाट जित निकाल्न सकिन्छ भन्ने विश्वास रहेको बताएका हुन् । बिहान ब्याटिङ गर्न कठिन रहेको र आफ्नो टोलीले १२० रनको योगफल पार गरेपछि जित सम्भव हुने विश्वास रहेको उनको भनाइ छ । उनले नेपाली ब्याट्सम्यानबाहेक अन्यलाई यो कन्डिसनमा खेल्न सहज नहुने भएकाले विकेट लिन लगातार स्पिनर प्रयोग गरिएको बताए ।
टियुको पिचमा लेफ्ट आर्म स्पिनरसँग खेल्न सहज नहुने भएकाले पनि हरमित सिंहलाई नै प्रयोग गरिएको ईशानको भनाइ छ । उनले हरमितसँग नेपालमा खेलेको अनुभव भएकाले पनि उनलाई नै अवसर दिएको बताए । पछिल्लो हारपछि आएको दुबिधा जनकपुरविरुद्ध जितले हट्ने भएकाले पनि बिना दबाब खेलेको ईशानको भनाइ छ । यो जितसँगै अंकतालिकामा माथि पुग्ने भएकाले पनि जनकपुरसँग जितका लागि प्रोत्साहित भएको उनी बताउँछन् ।
ईशानले ब्रायन लारा जस्ता क्रिकेटर आउने भएकाले पनि आफू उत्साहित रहेको बताए ।
जनकपुर बोल्ट्सका कप्तान अनिल शाहले पिचलाई दोष दिनुभन्दा पनि ब्याटरको सट सेलेक्सन राम्रो नहुँदा हार व्यहोर्नुपरेको बताए । बल धेरै टर्न भएर आउट नभएको र सीधा आएको बलमा पनि आउट भएकाले हारको जिम्मेवारी ब्याटरले लिनुपर्ने उनी बताउँछन् ।
अनिले आफ्नो ब्याटिङबाट सन्तुष्ट नरहेको उल्लेख गरे । ब्याटरले आफ्नो दिमागमा धेरै कुराहरू सोचे पनि खेल्ने कठिन भएको उनको भनाइ छ । उनले सुरुदेखि नै मिडल अर्डरको राम्रोसँग परीक्षण हुन नपाएको उल्लेख गरे ।
कप्तान अनिलले आजको खेलमा मोहम्मद मोहसिनलाई विश्राम दिएर केही नयाँ प्रयोग गरिए पनि सफल नभएको उल्लेख गरे । पछिल्लो खेल र आज मिडल अर्डरसम्म ब्याटिङ आए पनि सफल हुन नसकेको उनको भनाइ छ । ब्याटिङलाई बलियो बनाउन आजको खेलमा तलसम्म ब्याटर राखेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण