रूसी पूर्वराष्ट्रपति मेदभेदेव चीन भ्रमणमा
बेइजिङ । रूसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरूसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आएका छन् । चिनियाँ विदेश मन्त्रालयले बुधबार सो कुराको जानकारी दिएको हो ।
“रूसी पूर्व राष्ट्रपति मेदभेदेवको चीन भ्रमण चीन र रूसबीचको महत्वपूर्ण उच्चस्तरीय विचारहरूको आदानप्रदान हो,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भनिन् ।
माओले रूसी सुरक्षा परिषद्को उपप्रमुखका रूपमा कार्यरत पूर्व राष्ट्रपतिका लागि तय गरिएको यात्रा कार्यक्रम वा बैठकका बारेमा थप जानकारी दिइनन् । सन् २०२२ को डिसेम्बरपछि मेदभेदेवको यो पहिलो चीन भ्रमण हो र भ्रमणका क्रममा चिनियाँ सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता र छलफल हुने उनी बेइजिङका लागि छुट्नु अगाडी रूसको सरकारी समाचार संस्था तासले जनाएको थियो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा छिमेकी मुलुक युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेदेखि नै चीनले आफूलाई अमेरिका र अन्य पश्चिमा राष्ट्रको विपरीत तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ । चीन रूको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार रहेको छ, जसले गर्दा केही नेटो सदस्य राष्ट्रहरूले बेइजिङलाई युद्धको ‘प्रोत्साहनकर्ता’ को रूपमा चित्रण गरेका छन् ।
बेइजिङले युक्रेन आक्रमणको कहिल्यै निन्दा गरेको छैन । सी राजनीतिक प्रणालीमा मेदभेदेवको सीमित भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण