ठमेलमा झगडा गरेको आरोपमा ५ जना पक्राउ
बिहीबार, २७ मङ्सिर २०८१, १३ : ३१
काठमाडौँ । काठमाडौँको ठमेलस्थित कर्म क्लब नजिकै झगडा गरेर निरज बडूवाललाई कुटेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कार्तिक १६ मा द्यौसी खेल्ने क्रममा भेट भएका ५ जना युवाहरूले बडूवाललाई कुटपिट गरेका हुन् ।
पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका लाक्पा शेर्पा, नुवाकोट तादी घर भएका रञ्जित तामाङ, तनहुँका कृष्पिन थापा उर्फ कृष्णवीर मगर, काभ्रेको रोशी घर भएका सोनु लामा र राधा लामा छन् ।
उनीहरुले रड र नक प्रयोग गरेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । आरोपीहरुविरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा ज्यान मार्ने कसुर विरुद्धको जाहेरी दर्ता भएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता
-
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको नजिता सार्वजनिक
-
गण्डकी प्रदेशमा सुदिन पौडेललाई सुरुवाती अग्रता
-
१२ बजे, १२ समाचार : अखिल क्रान्तिकारीको चुनावमा लुम्बिनीबाट विजय प्रकाशलाई भारी मतदेखि उग्र बन्दै एनआरएनए विवादसम्म
-
आबुधावीस्थित नेपाली दूतावासमा विशेष काउन्टर राखेर राहदानी नवीकरण, शनिबार ५४८ जनाले लिए सेवा
-
दुबईबाट काठमाडौँ फर्किँदा गायक अमात्यको ब्यागको ताल्चा काटिएपछि...