महान् क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै
शुक्रबार, २८ मङ्सिर २०८१, ०७ : १८
काठमाडौं । विश्व क्रिकेटका महान् क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लारा आज बिहान नेपाल आइपुग्ने छन्। लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन्।
ट्रिनिडाडमा जन्मिएका ५५ वर्षीय बायाँ हाते ब्याटर सर्वकालिक क्रिकेटका दिग्गज खेलाडीमध्ये एक मानिन्छन् । उनले १३१ टेस्ट खेल्दै ५२.८८ को औसतले ११ हजार ९५३ रन बनाएका छन् ।
टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान उनको नाममा छ । उनले सन् २००४ मा इंग्ल्याण्डविरुद्ध ४ सय रन बनाउँदै नटआउट रहेका थिए ।
त्यस्तै, उनले २९९ एकदिवसीयमा ४०।४८ को औसतले १० हजार ४०५ रन जोडेका छन् । एकदिवसीयमा उनको उच्च स्कोर १ सय ६९ रन रहेको छ । उनले सन् २००७ मा क्रिकेटबाट सन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति