महान् क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै
शुक्रबार, २८ मङ्सिर २०८१, ०७ : १८
काठमाडौं । विश्व क्रिकेटका महान् क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लारा आज बिहान नेपाल आइपुग्ने छन्। लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन्।
ट्रिनिडाडमा जन्मिएका ५५ वर्षीय बायाँ हाते ब्याटर सर्वकालिक क्रिकेटका दिग्गज खेलाडीमध्ये एक मानिन्छन् । उनले १३१ टेस्ट खेल्दै ५२.८८ को औसतले ११ हजार ९५३ रन बनाएका छन् ।
टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान उनको नाममा छ । उनले सन् २००४ मा इंग्ल्याण्डविरुद्ध ४ सय रन बनाउँदै नटआउट रहेका थिए ।
त्यस्तै, उनले २९९ एकदिवसीयमा ४०।४८ को औसतले १० हजार ४०५ रन जोडेका छन् । एकदिवसीयमा उनको उच्च स्कोर १ सय ६९ रन रहेको छ । उनले सन् २००७ मा क्रिकेटबाट सन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण