एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेताहरूको कार्य विभाजन गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसिरहेको छ । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी बिहान ११ बजे बस्ने भनिएको बैठक करिव डेढ घण्टा ढिलोगरी सुरु भएको हो ।
पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा जारी बैठकले नेताहरूको कार्य विभाजन र वार्षिक कार्ययोजनाबारे निर्णय गर्नेछ ।
कार्य विभाजनका लागि अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलको प्रस्तावका आधारमा नेताहरूको कार्य विभाजन हुनेछ ।
गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्य विभाजन गर्न सकेको थिएन ।
जिल्ला र प्रदेश इन्चार्ज, विभाग प्रमुख, आयोग प्रमुखलगायतका विभागीय प्रमुख बन्न नेताहरूमा हानथाप छ । सङ्गठन विभागका लागि नेताहरू राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले आकांक्षा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच