एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी
काठमाडौँ । नेताहरूको कार्य विभाजन गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसिरहेको छ । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी बिहान ११ बजे बस्ने भनिएको बैठक करिव डेढ घण्टा ढिलोगरी सुरु भएको हो ।
पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा जारी बैठकले नेताहरूको कार्य विभाजन र वार्षिक कार्ययोजनाबारे निर्णय गर्नेछ ।
कार्य विभाजनका लागि अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलको प्रस्तावका आधारमा नेताहरूको कार्य विभाजन हुनेछ ।
गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्य विभाजन गर्न सकेको थिएन ।
जिल्ला र प्रदेश इन्चार्ज, विभाग प्रमुख, आयोग प्रमुखलगायतका विभागीय प्रमुख बन्न नेताहरूमा हानथाप छ । सङ्गठन विभागका लागि नेताहरू राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले आकांक्षा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण