ट्रोलरलाई राजेशको जवाफ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सका सिनियर खेलाडी राजेश पुलामी मगर सामाजिक सञ्जालमा निकै ट्रोल भएका थिए । विशेष गरेर पहिलो खेलमा १ रन बनाएर रनआउट हुँदा उनले देखाएको व्यवहारको कारण उनलाई निकै ट्रोल गरिएको थियो ।
त्यसपछि पनि उनले प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । सुदूरपश्चिम विरुद्धको खेलमा उनले मात्र १५ रन जोड्न सके । टोली उक्त खेलमा ९० रनको भारी अन्तरले पराजित भएको थियो ।
लुम्बिनी लायन्सलाई २ विकेटले हराउँदा उनले ब्याटबाट ४ रनको मात्र योगदान दिन सके । बलिङमा उनले १ विकेट त लिए तर २ ओभरमा उनले २२ रन खर्चिएका थिए ।
शुक्रबार चितवन राइनोजविरुद्धको खेलमा भने उनले शानदार प्रदर्शन गरेका छन् । उनले नटआउट रहँदै मात्र २० बलमा ३३ रन जोडे । यस क्रममा उनले १ चौका र ३ छक्का प्रहार गरे ।
सङ्कटपूर्ण स्थितिमा रहेको टोलीलाई उकास्दै उनले स्कोरलाई ५ विकेटको क्षतिमा १ सय ८१ रनसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिए ।
गर या मरको खेलमा महत्त्वपूर्ण योगदान दिएपछि यति बेला पुनः सामाजिक सञ्जाल उनको तस्बिर र पोस्टले रङ्गिएको छ । धेरैले उनको प्रशंसा गरिरहेका छन् । उनीसँग माफिनामाको मिमसमेत बनाएर पोस्ट गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण