निसमको शानदार ब्याटिङका बावजुद जनकपुर पराजित
काठमाडौँ । जेम्स निसमले शानदार ब्याटिङ गरे पनि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्स चितवन राइनोजसँग ३२ रनले पराजित भएको छ । जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।
निसमले मात्र २४ बलमा ६५ रनको विस्फोटक पारी खेले । उनले ५ चौका र ६ छक्का प्रहार गरे । आसिफ शेखले २६ बलमा २३ रन जोडे । उनले ४ चौका हिर्काए । शुभ कंशकारले १५ तथा मोहम्मद मोहसिनले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले ठुलो योगदान दिन सकेनन् ।
चितवनका लागि शोहेल तनवीर र कुशल मल्लले २–२ विकेट लिए । तनवीरले आफ्नो ४ ओभरमा २३ रन मात्र खर्चिए भने मल्लले २६ रन दिए । रिजन ढकालले पनि २ विकेट लिए । अमर रौटेलाले १ विकेट हात पारे ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान कुशल मल्लको धुँवादार ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो । मल्लले सर्वाधिक ७२ रनको योगदान दिए । मात्र ४१ बलमा उनले ३ चौका र ७ छक्का हिर्काए । जारी प्रतियोतिगामा उनको यो उच्च स्कोर पनि हो । उनले यसअघि पहिलो खेलमा पोखराविरुद्ध सबैभन्दा धेरै ३८ रन बनाएका थिए । उनले हालसम्म प्रतियोगितामा २ सय २ रन बनाएका छन् ।

रवि बोपारा तेस्रो अर्धशतक बनाउनबाट चुके । उनले ३२ बलमा ४४ रन जोडे । बोपाराले यसअघि पहिलो खेलमा पोखरा र दोस्रो खेलमा कर्णालीविरुद्ध अर्धशतक बनाएका थिए । उनले टोलीका लागि प्रतियोगितामा २ सय ३३ रनको योगदान दिएका छन् ।
ओपनर हसन इसाखिलले १९ बलमा २८ रन जोड्दै टोलीलाई राम्रो सुरुवात दिए । उनले एक छक्का हिर्काए । त्यस्तै, सन्तोष कार्कीले १२ बलमा १४ रन बनाए ।
_XnSvHCPINw.jpg)
जनकपुरका लागि ललित राजवंशीले किफायती बलिङ गर्दै २ विकेट लिए । ४ ओभरमा उनले २ मेडन राख्दै मात्र ११ रन खर्चिए । जेम्स निसम, मोहम्मद मोहसिन र हर्ष ठाकेरले १–१ विकेट लिए ।
_2EjEQaIPdg.jpg)
जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । यो जनकपुरको सातौँ तथा अन्तिम खेल हो । टोलीले ७ खेलमध्ये ५ खेल जित्दै १० अंक बटुलेको छ ।
_f3nRvxbslo.jpg)
यता, चितवनले ७ खेलबाट ४ खेलमा जित र तीन खेलमा हार बेहोर्दै ८ अंक बटुलेको छ । आजको खेल जित्दै टोलीले प्लेअफको सम्भावना कायम राखेको छ ।
चितवनको जितले विराटनगर किंग्स भने प्लेअफको दौडबाट बाहिरिएको छ । विराटनगरले ६ खेलबाट ४ अंक बटुलेको छ । अब टोलीले ८ अंक भेट्याउन सक्नेछैन । विराटनगरसँगै पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघि नै प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण