सिरियाको विद्रोही समूहसँग प्रत्यक्ष सम्पर्कमा रहेको अमेरिकाद्वारा स्वीकार
आइतबार, ३० मङ्सिर २०८१, ०९ : ४६
वासिङ्टन । सिरियामा बशर अल असदको सरकारलाई सत्ताच्युत गर्ने विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)सँग प्रत्यक्ष सम्पर्कमा रहेको पहिलो अमेरिकाले पटक स्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनमा यो टिप्पणी गरेका हुन्।
‘हामी एचटीएस र अन्यसँग सम्पर्कमा छौँ,’ उनले भने। तर, अमेरिकाले हयात तहरीर अल–शामलाई आतङ्कवादी संगठन घोषणा गरेको छ ।
जोर्डनका विदेशमन्त्री अयमान सफादीले क्षेत्रीय शक्तिहरूले सिरिया ‘अराजकताको अवस्थामा‘ नपुगोस् भन्ने चाहेको बताएका छन्।
हालै सिरियामा एचटीएसको नेतृत्वमा विद्रोही समूहले बसर अल-असदको सरकारलाई हटाएका थिए। त्यसपछि सिरिया स्वतन्त्र भएको घोषणा गरिएको थियो ।
यस अवधिमा बशर अल-असद देशबाट भागे । उनलाई हाल रुसले शरण दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण