आफ्नै अपार्टमेन्टमा मृत भेटिए ओपनएआईविरुद्ध बोल्ने कर्मचारी

वासिङ्टन डिसी । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईका एक जना अनुसन्धानकर्ता मृत फेला परेका छन् । प्रशासनले दिएको जानकारी सुचिर बालाजी नाम गरेका ती कर्मचारी सान फ्रान्सिस्कोस्थित आफ्नै अपार्टमेन्ट मृत भेटिएका हुन् ।
सुचिरको बारेमा सोधपुछ गरिदिन भनेर फोन आएको र त्यसपछि अनुसन्धान थालेको प्रहरीले बताएको छ । अनुसन्धानका क्रममा नोभेम्बर २६ मा सुचिरको शव फेला परेको प्रहरीले भनेको छ । सान फ्रान्सिस्कोका मेडिकल एग्जामिनरले सुचिर बालाजीको मृत्युको कारण आत्महत्या भएको बताएको छ ।
सुचिरले हालैका महिनाहरूमा धेरै पटक ओपनएआईको विरुद्धमा सार्वजनिक रूपमा बोलेका थिए । उनी एक ‘व्हिसलब्लोअर’ (कम्पनीको भन्डाफोर गरिदिने व्यक्ति) थिए ।
उनको खुलासापछि डेटा सङ्कलन गर्ने विधिलाई लिएर कम्पनीले धेरै मुद्दाको सामना गरिरहेको छ । सुचिरले अक्टोबरमा न्यूयोर्क टाइम्सलाई एक अन्तरवार्ता दिएका थिए ।
यसमा उनले ओपनएआईले अमेरिकाको प्रतिलिपि अधिकार कानूनको उल्लंघन गरेको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?