ग्लोरी किड्स ट्यालेन्ट विजेता बनिन् लुब्ना चन्द
काठमाडौँ । ग्लोरी मिडियाद्वारा आयोजित ग्लोरी किड्स ट्यालेन्ट २०२४ को शीर्ष उपाधि लुब्ना चन्दले जितेकी छन् । आइतबार साँझ राष्ट्रिय नाचघर, जमलमा आयोजित प्रतियोगितामा विजेता चन्दले प्रतियोगिताको शीर्ष उपाधि सहित मस्ट चार्मिङ, वेस्ट पर्सनालिटी र वेस्ट पब्लिक स्पिकरको अवार्ड समेत हात पारिन् ।
प्रतियोगीतामा पूर्णिमा तिमल्सिना र बिपिका राई क्रमश फष्टरनरअफ र सेकेन्ड रनरअप भए । तिमल्सिनाले मस्ट ट्यालेण्ट एवं मष्ट ईन्टेलिजेष्टको र राईले पब्लिक एन्ड पपुलारिटीको अवार्ड हात पारे । विजेता तीनै जनाले क्रमशः २५,०००, १५,०००, र १०,००० रुपैयाँका साथै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।
प्रतियोगितामा सुप्रिया सुन्दास अर्गनाइजर च्वाइस बनिन् भने अबिना अर्याल मस्ट पपुलर च्वाइस र वेस्ट स्माइल अवार्ड विजेता घोषित भइन् । त्यसैगरि सुवर्ण न्यौपाने भ्युवर्स च्वाईसतर्फको विजेता बनेभने साकम्बरी बर्देवा मष्ट क्रियटिभ र वेस्ट वाककी विजेता बनिन् ।
मोडल दिपक घिमिरे, रक गायक, विनोद ढकाल, नेपाल चेम्बर अफ कमर्सकी निर्देशक सृष्टि त्रिपाठी, मोडल तथा कोरियोग्राफर अश्विनी कोइराला निर्णायकको भूमिकामा थिए । प्रतियोगिताको कोरियोग्राफीमा रोजिन शाक्य रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण