बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

‘अंग प्रत्यारोपण विश्वव्यापी स्वास्थ्य क्षेत्रको लागि चुनौती’

सोमबार, ०१ पुस २०८१, १५ : ४०
सोमबार, ०१ पुस २०८१

काठमाडौँ । अंग प्रत्यारोपण सम्बन्धी कार्य विश्वव्यापी स्वास्थ्य क्षेत्रको लागि सबैभन्दा चुनौती रहेको पाइएको छ । विकासोन्मुख राष्ट्रहरूमा अंगदानलाई प्रवर्द्धन गर्ने मूल नाराका साथ नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाइटिको आयोजनामा भएको कार्यक्रममा अंग प्रत्यारोपण विश्वव्यापी स्वास्थ्य क्षेत्रको लागि चुनौती रहेको बताइएको हो । 

विकासोन्मुख देशमा प्रत्यारोपणको लागि निकै चुनौती रहेको हुँदा चिकित्सा विज्ञानको पाठ्यक्रममा मस्तिष्क मृत्यु सम्बन्धी विषय समावेश गरी मस्तिष्क मृत्यु सम्बन्धी स्पष्ट पार्नुपर्ने देखिएको छ । अंग प्रत्यारोपण सम्बन्धी कार्य विश्वव्यापी स्वास्थ्य क्षेत्रको लागि सबैभन्दा चुनौतीहरू रही आएको जनाइएको छ । यसलाई सम्बोधन गर्न यो सम्मेलन एउटा महत्त्वपूर्ण कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सरुवा रोगको प्रकोप रहँदारहँदै पनि सरकारले प्रत्यारोपण सेवालाई विशेष प्राथमिकता दिएको र मिर्गौला फेल भएर मृत्युवरण गर्नुपर्ने अवस्थामा कमी भई सर्वसाधारणलाई राहत पुगेको बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मस्तिष्क मृत्यु पश्चातको अंगदाता तथा ग्रहणकर्ताको प्रतीक्षा सूचीसहितको राष्ट्रिय अभिलेखको अनलाइन सफ्टवयरको उद्घाटन गरे । सो सफ्टवयरमा अंगदान सम्बन्धी अनलाइन फारम भर्न सकिने, अंग फेल भएका बिरामीहरूको विवरण र मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण नियमावलीमा भए बमोजिम वितरण गर्न स्वचालित प्रणालीबाट निर्णय हुने व्यवस्था मिलाइएको छ । 

‘विकासोन्मुख राष्ट्रहरूमा अंगदानलाई प्रवर्द्धन गर्नु’  मूल नाराका साथ नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाइटिको आयोजनामा २०२४ डिसेम्बर १४ र १५ सम्म  काठमाडौँमा ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’ भएको थियो । प्रत्यारोपणको क्षेत्रमा कार्यरत विशेषज्ञहरूको २६ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

सो सम्मेलनमा अमेरिका, बेलायत, नेदरल्याण्ड, जापान, भारतको सहभागी रहेको थियो । नेपालको प्रत्यारोपण समाजका अध्यक्ष डा. पुकार चन्द्र श्रेष्ठ, साइन्टिफिक कमिटीका अध्यक्षमा डा. ऋषि कुमार काफ्ले, सचिव डा. कल्पना कुमारी श्रेष्ठ, नव निर्वाचित अध्यक्ष डा. दिव्या सिंह शाह र कोषाध्यक्ष डा दिपेश श्रेष्ठ लगायत प्रत्यारोपणका क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप