पोखरामा थाई–बक्सिङ हुँदै
पोखरा । व्यावसायिक खेलकुदमा विश्वमा नै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ पोखरामा हुने भएको छ । शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा उक्त प्रतियोगिता यही पुस १० गते देखि १२ गते सम्म हुने भएको हो ।
खेलकुदमार्फत व्यावसायिक खेलकुदको विकाससँगै खेल पर्यटन प्रवर्द्धनका लागि आयोजित प्रतियोगिता पोखराको मुख्य आकर्षणको केन्द्र लेकसाइडस्थित वाराही घाट खेल मैदानमा हुनेछ । प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८४ जना फाइटरहरुको सहभागिता हुने भएको आयोजक तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जनाएका छन् ।
प्रतियोगितामा कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका महिला र पुरुष गरी कुल ८४ जना खेलाडीहरू पोखरा आउने तयारीमा जुटिसकेको संयोजक क्षेत्रीले बताए । उनका अनुसार प्रतियोगितामा जुनियर/सिनियर (एमेच्योर/प्रोफेशनल) तर्फ कुल ४२ फाइट तय गरिएको छ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको पुरुष प्रोफेसनलतर्फ मुख्य फाइटको विजेताले नगद ५० हजार र उपविजेताले नगद रु २० हजार तथा महिलातर्फको विजेताले नगद रु ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै विभिन्न महिला र पुरुषतर्फ ८/८ फाइटका विजेताले नगद रु १५ हजार र उपविजेताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् भने पुरुषतर्फ कोमेन इभेन्टका विजेताले नगद रु २५ र उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ ।
यसै गरी पोखरा भन्दा बाहिरबाट आउने खेलाडीहरूलाई विशेष आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिनेसँगै आवासको सुविधा समेत दिइने आयोजकले जनाएको छ भने तीन जना इमर्जिङ खेलाडीहरूलाई नगदसहित सम्मान गरिने छ ।
खेलस्थल वाराही घाटमा तय भएको प्रतियोगिता स्थलमा खेलसँगै विभिन्न फुड स्टलहरू, फन गेम्स, निःशुल्क फेस पेन्टिङको सुविधा समेत रहने छ । नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाँथाई संघको स्वीकृति एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन चर्चित होस्ट रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्नेछन् ।
प्रतियोगिता बिहान ११ बजेबाट सुरु भई राती ९ बजे सम्म हुने गरी तय भएको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण