पानीले बेर्ना कुहिएपछि बाँकेमा दोस्रो पटक आलु रोपियो
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पुर्याएको थियो ।
दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो सुरु भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने अनुमान किसानको छ । कालाबञ्जरका नरेन्द्र कुम्हारले रु दुई लाख खर्च गरेर पुनः आलु रोपेको बताए । पहिले आलु रोप्दा उनले रु तीन लाख बढी खर्च गरेका थिए ।
“दोस्रो पटक आलुको बीउ किनेर रोपियो तर मल हाल्नु परेन”, उनले भने । नरेन्द्रले १७ कट्ठा जग्गामा आलु खेती गरेका छन् । “पहिले लगाएको आलु बेमौसमी पानीले सखाप पार्यो, जग्गा त्यत्तिकै राख्ने कुरा भएन, आफन्तसँग सापट र ऋण गरेर आलु रोपेका छौँ” उनले भने । स्थानीय रमेश मौर्यले पहिले रोपेको आलु बेमौसमी पानीले गर्दा नउम्रिएपछि सहकारीबाट ऋण लिएर पुनः रोपेको बताए ।
हिरमिनिया आलुको पकेट क्षेत्र मान्निछ । यहाँका सबै किसानले आलुखेती गर्छन् । बेमौसमी पानीले आलु बारी डुबान भएको थियो । तीन दिनसम्म डुबानमा परेपछि आलुको बीउ सबै कुहिएको थियो । जेनेरेटर लगाएर पानी फालेका किसानले बेर्ना उम्रिने आशा गरेका थिए । केही किसानको थोरै बेर्ना उम्रिएपनि अधिकांशको उम्रिएन । आलु पुनः रोप्न पैसाको जोहो गर्न नसक्नेले तोरी, मुला, भाजी, पालक, मेथी, चम्सुर लगायतका तरकारी लगाएका छन् ।
हिरमिनियामा सबैभन्दा धेरै आलु लगाउने किसान जयपाल मौर्य छन् । उनले ड्याङ बनाएर आलु रोपेकाले केही बेर्ना उम्रिएको बताए । नउम्रिएको ठाउँमा फेरि रोपेका छन् । स्थानीय रमेश मौर्यले दोस्रो पटक पाँच हजार क्वीन्टलका दरले बीउ किनेर आलु रोपेको बताए ।
डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले किसानले लगाएको आलुको क्षतिपूर्तिको माग गरेको बताए । उनका अनुसार हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका सबै किसानले आलु खेती गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण