विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा दुईजना पक्राउ
मङ्गलबार, ०२ पुस २०८१, १६ : २६
काठमाडौँ । विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएर काठमाडौँ बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङ घर भएर भक्तपुर बस्ने २० वर्षीय मिसन गुरुङ छन् ।
गिरीले अमेरिका पठाउँछु भनेर ३ जनाबाट २४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । गुरुङले माल्टा पठाउँछु भनेर ३ लाख रुपैयाँ ठगेका हुन् । उनीहरूलाई कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
-
कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने
-
होशियार ! शरीरमा हुने यी ७ परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छन्
-
मधेस प्रदेश : बजेट विवाद समाधानका लागि कार्यदल गठनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण