एनपीएलको विजेताले १ करोड १० लाख पाउने, अरूले कति ?
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको पुरस्कार राशि घोषणा गरेको छ । क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै, दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ तथा चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाउने छ ।
क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग उत्तरार्धतिर लम्किएको छ । प्रतियोगितामा बुधबार चितवन राइनोज र कर्णाली याक्सबिच ‘एलिमिनिटर’ खेल खेलिँदै छ । उक्त खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ ।
जारी एनपीएलमा आठ टोलीको सहभागिता रहेको थियो । प्रारम्भिक चरणको समाप्तिपछि लिग तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्ले अफ चरणमा पुग्ने प्रावधान थियो । पहिलो र दोस्रो स्थानमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्ने तथा तेस्रो र चौथो स्थानमा रहने टोलीले ‘एलिमिनेटर’ खेल्ने प्रावधान रहेको थियो ।
सोही अनुरुप चितवन राइनोज र कर्णाली याक्सबिच ‘एलिमिनेटर’ खेल खेल्न लागिएको हो । यो खेलमा पराजित हुने टोली स्वतः उपाधि होडबाट बाहिरिने छ । तर, यो खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि थप एउटा अवसर प्राप्त गर्नेछ ।
अर्थात, ‘एलिमिनेटर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा पराजित हुने टोलीसँग दोस्रो ‘क्वालिफायर’ खेलमा भिडन्त गर्न पाउने छ । दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीसँग उपाधिका लागि भिडन्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण