भिसा फ्री ट्रान्जिटको म्याद थपेर चीनले पुर्यायो १० दिन
बेइजिङ । चीनले विदेशी पर्यटकहरूलाई आकर्षित गर्न भिसा फ्री ट्रान्जिटको म्याद तेब्बर बनाएको छ । चीनको अध्यागमन विभागले हवाई यात्रुको भिसा फ्री ट्रान्जिटको म्याद थपेर २४० घण्टा अर्थात् १० दिन बनाएको हो ।
यस अघि भने गन्तव्य अनुसार योग्य यात्रीहरू ७२ घण्टा वा १४४ घण्टासम्म मात्रै चीनमा बस्न पाउँथे । चीनको भिसा प्रक्रिया निकै जटिल छ । यस्तोमा चीन घुम्न चाहने अधिकांश ट्रान्जिटको प्रयोग गर्दै आएका छन् ।
यो नीति अमेरिकासमेत ५० भन्दा बढी देशका नागरिकहरूमा लागू हुनेछ । चीनले विदेशी आगन्तुकको सङ्ख्या बढाउन खोजिरहेको छ । कोभिडको महामारीपछि सीमा खुलाएयता विदेशी पर्यटक तान्न चीनले नीतिमा कयौँ पटक ठुला हेरफेर गरिसकेको छ ।
सरकारको यस कदमको असर देखिएको पनि छ । सन् २०२४ मा मुख्यभूमि छिर्ने विदेशीको सङ्ख्या सन् २०१४ को कीर्तिमानी स्तरको तीन चौथाइमा पुगेको राष्ट्रिय अध्यागमन प्रशासनको डेटाले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण