जीबी राईलाई लिलाले पठाइन् क्रिप्टोमार्फत ३ करोड नेपाली रुपैयाँ
काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईले क्रिप्टो मार्फत अवैध तवरबाट अर्को मुलुकमा पैसा लगेको भेटिएको छ । सूर्यदर्शन सहकारीको रिसेप्सनमा काम गर्ने लिला पछाई मार्फत उनले रकम लगेका हुन् ।
नेपालमा अभौतिक मुद्रा (क्रिप्टो) कारोबार अवैध मानिन्छ । तर, पछाईंले उनलाई ३ करोड नेपाली रुपैयाँ क्रिप्टो अकाउन्ट मार्फत पठाएको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले उनीहरू दुवैलाई अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको भन्दै राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको छ ।
प्रहरीले रास्वपाका सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएको छ । पछाई र राईलाई ४ वटा कसुर र अन्यलाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न प्रहरीले राय दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीहरुविरुद्ध पुस ५ मा मुद्दा दायर गर्दै छ ।
रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम बिगो कायम गर्न मागदाबी लिनुपर्ने राय दिइएको कास्कीका डीएसपी वसन्त शर्माले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण